
लिलामीमा जनता बैंक नेपाल लिमिटेडको सेयर किन्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । बैंकलेसात लाख ६७ हजार पाँच सय ५२ कित्ता हकप्रद सेयर गत चैत्र १ गतेदेखि लिलामीमा विक्री गरिरहेको छ । बैंकले पुस ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ तीन लाख ९६ हजार पाँच सय २६ कित्ता र सर्वसाधारण समूहतर्फ तीन लाख ७१ हजार २६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।
सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । जसअनुसार, एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । प्राप्त बोलपत्रहरुको छनोट गरी चैत २२ गते बाँडफाँट गरिनेछ । बाँडफाँटमा नपरेका आवेदकहरको बोलकबोल वापत जम्मा भएको रकम चैत २७ गते फिर्ता गरिने बताइएको छ ।
बैंक सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङको कार्यालय कमलपोखरीबाट आवेदन गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्