
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – नवनियुक्त उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफू सरकारमा सहभागी भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार पदभार ग्रहण गरेपछि पत्रकासँग कुरा गर्दै थापाले निर्वाचनको वातावरण सुनिश्चित गर्ने सर्तसहित आफू सरकारमा सहभागी भएको जिकिर गरे ।
मुलुक अब निर्वाचनबाट पछि हट्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिन आग्रह गर्दै थापाले आन्दोलनरत मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन आफूले सक्रियतापूर्वक भूमिका निभाउने प्रतिबद्धता जनाए। सो अवसरमा उपप्रधानमन्त्री थापाले आजैको मितिदेखि गाउँ विकास समितिहरु भंग भएको घोषणा गरे ।
७ सय ४४ वटा स्थानीय तहको संरचना राजपत्रमा प्रकाशित भइसकेकाले अब गाउँपालिकाहरु अब अस्तित्वमा आएको उनको भनाइ छ । पदभार ग्रहण गरेपछि थापाले स्थानीय तह संरचना कार्यान्वयन कार्ययोजना सदरसमेत गरे। नवघोषित स्थानीय तहमा कार्यालय स्थापना लगायतका कामका लागि कम्तिमा एक करोड रुपैयाँ बजेटसमेत बिनियोजन गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्