
एजेन्सी – संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला सङ्कटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको सङ्कट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन् ।
राष्ट्र सङ्घीय उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले शनिबार नैरोवीमा एक विज्ञप्ति जारी गर्दै विश्वले केन्यामा खडेरीबाट आक्रान्त बनेका केन्याली तथा अफ्रिकी क्षेत्रका जनताको जीवन सुरक्षाका राहतका लागि विशेष पहल गर्न आग्रह गरे ।
“खडेरीका कारण दक्षिण सुडान, सोमालियालगायतका केही अफ्रिकी मुलुकमा यस दशकमा दोस्रोपटक जीवन नराम्ररी प्रभावित बनेको र केन्यामा करिब २७ लाख मानिस चरम खाद्यान्न अभावका कारण प्रभावित बनेका छन्”, ओब्रोइनले विज्ञप्तिमा भनेका छन् ।
“बाली उत्पादनमा ठूलो ह्रास आएको छ र खाद्यान्नको मूल्यले आकास छोएपछि केन्याली जनता भोकभोकै दिन बिताउनुपर्ने अवस्थाबाट गुज्रिन पुगेका छन्”, उनले भने।पूर्वी अफ्रिकालाई फेरि भोकमरी र रोगब्याधीले सताएकोले यो सङ्कटलाई यथासम्भव छिट्टै टार्नुपर्ने देखिएको ओब्रेइनले बताए ।
शुक्रबार केन्याको खडेरीबाट सबैभन्दा प्रभावित क्षेत्रको भ्रमण गर्नुभएपछि स्थानीय समस्याबारे नैरोवीमा बोल्दै आफूले केन्यालगायतका अफ्रिकी मुलुकका ग्रामीण क्षेत्रमा खडेरीको खतरनाक असर देखेको बताउँदै यस क्षेत्रका प्रभावित जनसङ्ख्यालाई लक्षित गरी छिट्टै अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउने पहलका लागि विश्व समुदायसँग आग्रह गरे ।
अफ्रिकी यी मुलुकमा लगातार खडेरीले यो वर्षसहित तेस्रो वर्ष प्रभावित तुल्याउँदा स्थानीयमा निराश छाएको र रोगबाट ठूलो जनसङ्ख्या प्रभावित भइरहेको छ ।
सन् २०१६ मा केन्या, सोमालिया इथियोपिया जस्ता मुलुकका केही ग्रामीण बस्तीमा डेङ्गु, झाडा पखाला,हैजा र दादुरालगायतका रोगको प्रकोपसमेत बढेको र यसबाट सयौँ मानिसले ज्यान गुमाएका थिए । केन्याका ४७ काउन्टीमध्ये पछिल्ला दिनमा आधाभन्दा बढी खडेरीबाट सङ्कटपूर्ण अवस्थामा पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्