×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करीब पचास लाखको लागतमा निर्माण सुरु भयो सौर्य लिफ्टिङ खानेपानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

करीब पचास लाखको लागतमा निर्माण सुरु भयो सौर्य लिफ्टिङ खानेपानी

Artha Sarokar

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ -स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम शुरू गरिएको हो ।
गाउँभन्दा मुनि रहेको मूलबाट करीब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए । पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् । 
२०७३ साल चैत मसान्तसम्म निर्माण कार्य सक्ने गरी शुरू गरिएको उक्त योजनाको रू। ४९ लाख चार हजार एक सय लागत अनुमान गरिएको छ । खानेपानीको समस्या भएकै कारण यस ठाउँबाट बसाइँसराइ जाने गरेकामा अब भने गाउँमै खानेपानीको पहुँच पुग्ने भएपछि बसाइँसराइ रोकिने विश्वास लिएको समितिका कोषाध्यक्ष गुरुङले बताए । 
पिउने पानीका लागि त्यहाँका बासिन्दाले अहिले आधा घण्टादेखि एक घण्टासम्मको समय लगाएर एक गाग्री खानेपानीको जोहो गर्ने गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी