
काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काले हिन्दु राष्ट्रका बिषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराएका छन् । पार्टीभित्र छलफल नै नगरी तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलकु बनाएको उल्लेख गर्दै खड्काले नेपाल हिन्दु राष्ट्र हुने या धर्म निरपेक्ष राष्ट्र हुने बिषयमा कांग्रेसले औपचारिक निर्णय लिनु पर्ने प्रस्तावमा जिकिर गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । बैठक सुरु हुनुभन्दा केही समयअघि मात्र उनले बैठकमा हिन्दु राष्ट्रको ऐजेण्डा प्रवेश गराउन प्रस्ताव दर्ता गराएका छन् । केन्द्रीय कार्यालयमा दर्ता भएको प्रस्तावका पक्षमा दर्जन बढि केन्द्रीय सदस्यहरु हस्ताक्षर गरेको स्रोतले बताएको छ ।
लिखितरुपमा प्रस्ताव दर्ता गराएपछि पार्टी सभापतिले उपयुक्त ठानेमा छलफलका लागि बैठकमा पेश गर्नेछन् । कांग्रेसभित्र औपचारिक ऐजेण्डा बनाउन खड्काले बारम्वार माग पनि गर्दै आएका थिए । तर सभापति देउवाले हिन्दु राष्टका बिषयमा छलफल गर्न मानेका थिएनन् । मन्त्री अर्जुननरसिंह केसीलगायत नेताहरुले हस्ताक्षर गरेको प्रस्ताव केन्द्रीय समितिमा दर्ता गराइएको छ ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्