
काठमाडौं – बलिउड अभिनेता सलमान खानको बिग बोस कार्यक्रममा काम गरेका धादिङका विदुर पौडेल फिल्म बनाउने सपना लिएर गत बर्ष नेपाल फर्किए । फिल्म बनाएर उनी रातारात हिट हुन चाहन्थे । तर उनीसँग फिल्म बनाउने पैसा थिएन ।
फिल्म बनाउन करिब एक करोड लाग्ने हिसाब निस्कियो । तर आफन्तले पैसा दिएनन् । पैसा नभएपछि फिल्म बनाउने आफ्नो महत्वकांक्षा पूरा गर्न उनले एउटा मास्टर प्लान बनाए ।
गाउँकै एक साथीका मामा माइजू धनी रहेको सुनेका थिए । साथीकी माइजू प्रतिमा गिरी (अधिकारी) बालुवाटारस्थ्ति मुकुल सहकारीको संस्थाको अध्यक्ष थिइन् । उनैबाट पैसा असुल्ने योजना बनाए । अपहरणको धम्की दिएर एक करोड रुपैया असुल्ने ‘मास्टर प्लान’ पौडेलको थियो ।
-सुरुमा साथीसँग दोस्ती बढाए ।
-उनीहरुको डेरामा पनि नियमित जान थले ।
-खाईपिई गरेर बस्न थाले ।
-पछि तिनै साथीहरुबाट माइजूको सम्पत्ती तथा परिवारबारे सूचना लिए ।
-सिआईडीमा जस्तै उनले पनि साथीको मोबाइलको सिम चोर्ने योजना बनाए ।
-साथीले सुत्ने बेला सिरानीमा पर्स राख्थे । दुईवटा सिम भएकोले एउटा सिम कार्ड उनी पर्समा राख्थे । एकदिन साथीले थाहा नपाउने गरी सिम चोरी गरे । उक्त सिमबाट माइजूलाई धम्क्याउन थाले । तर अन्तत प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो । आजको नयाँ पत्रिकामा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्