×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यकर्ता राम्री देखेपछी केपी ओलीले सोधे ‘तिम्रा श्रीमान एउटै मात्र हुन् र ?’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कार्यकर्ता राम्री देखेपछी केपी ओलीले सोधे ‘तिम्रा श्रीमान एउटै मात्र हुन् र ?’

२१ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  जिस्किरहनु एमाले नेता केपी ओलीको विशेषता नै हो ।  उखान टुक्का र अरुलाई पाउँदा अरुलाई च्वास्स घोच्ने अभिव्यक्ति दिन पनि नेता ओली माहिर छन् । सयौं उखान टुक्का मुखैमा झुन्डिएका उनी औपचारिक कार्यक्रममा मात्र होइन, अनौपचारिक कार्यक्रममा पनि उस्तै रमाइलो गर्छन् ।  उमेरले निकै बुढो भएपनि बानी व्यवहारमा उनी १६ बर्षीय ठिटो जस्तै गर्छन् । 
गएको विभिबार त्यस्तै भयो । एमालेनिकट मुसलमानहरुको संगठन नेपाल मुस्लिम इत्तिहाद संगठनको प्रतिनिधि मण्डल बालबोटस्थित ओली निवास आइपुगेको थियो । संगठनका अध्यक्ष सिराज फारुकी नेतृत्वमा करिब २० जनाको टोली ज्ञापनपत्र बुझाउन ओली निवास पुगेको थियो । ज्ञापन पत्र बुझाउने उक्त टोलीमा खान थरकी एक मुस्लिम युवती पनि सामेल थिइन् । ओलीसँगको परिचयमा परिचयका क्रममा ती युवतीले आफ्ना श्रीमान पनि सँगै आएको बताइकि मात्र के थिइन्, ओलीले प्वाक्क मुख खोले, ‘तपाईंको श्रीमान एउटा मात्रै ?’ युवती रातोपिरो भइन् ।
हेर्दा निकै राम्री ती युवतीलाई ओलीले त्यसरी जिस्काएपछी सबैजना एक अर्काको मुख हेर्न थाले । ती युवतीका श्रीमान पनि अक्क न बक्क भए ।  केहि कार्यकर्ताहरु रिसले चुर भएको भेउ पाएपछि ओली पुन: बोले, ‘ ‘अप्ठेरो मान्नुपर्दैन, मुस्लिम समुदायमा पुरुषले प्रायः दुई÷तीन वटी श्रीमती राख्ने चलन छ । महिलाले पनि त्यस्तै गर्न मिल्दैन भन्न खोजेको ।’
ओली निवासबाट बाहिरिएपछीपनि यस विषयमा निकै चर्चा चल्यो । युवतीले आफ्नो चित्त दुखेको गुनासो गरिन् भने कार्यकर्ताको उक्त टोलीका केहि सदस्हरुले ओलीलाई गाली समेत गरे । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: