
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संविधान सशोधनको विराधमा मेची महाकाली अभियान सुरु गरको नेकपा एमालेको अभियान जारीनै रहेको छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु भएको अभियान मोरङको विराटचोक हुँदै सोमबार सप्तरीमा चल्नेछ ।
सोमबार सुनसरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा अभियानको सभा हुँदैछ । तर, यता मधेसी मोर्चाले सभा बिथोल्ने रणनीति अख्तियार गरिरहेको छ । सम्भावित अवरोधका कारण एमालेले पूर्वनिर्धारित स्थानको कार्यक्रममा केही फेरबदल गरेको छ । एमालेले सप्तरीको भारदह हुँदै हनुमाननगरबाट राजविराज प्रवेश गर्ने रुट समेत तय गरेको थियो । मोर्चाको विरोधका कारण हनुमाननगरको रुट फेरिएको छ ।
अभियानका लागि एमालेका शीर्ष नेता तथा कार्यकर्ता मैदानमा जोडतोडले खटिएका छन् । पार्टी अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा अन्य पदाधिकारी अभियानमा सामेल छन् ।
कार्यक्रममा सामेल हुन अध्यक्ष ओली स्थानीय पोसाकसहित सप्तरी पुगेका छन् । कमिज सुरुवाल र गम्छामा उनी सप्तरी पुगेका छन् । – फोटो : हरि दाहालको फेसबुक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्