
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमाले नेता लालबाबु पण्डितले सोमबार ७ जनाको ज्यान जानेगरी सप्तरीमा भएको घटनाको दोषी माओवादी केन्द्र र कांगेस रहेको आरोप लगाएका छन् । एमाले नेता पण्डितले नेपाली कांग्रेस र माओवादी केन्द्रका केही नेताको निर्देशनमा मधेसी मोर्चाले सप्तरी घटना गराएको आरोप लगाएका छन् । सप्तरी घटना जानकारी दिन भन्दै नेकपा एमालेले काठमाडौंमा गरेको कार्यक्रममा पोलिट्ब्युरो सदस्य पण्डितले भने केही कांग्रेस र माओवादीका नेताको निर्देशनमा मोर्चाका कार्यकर्ताले एमाले सभामा आक्रमण गर्न लगाइयो ।
जुन घटना घटाउन गृहमन्त्री जिम्मेवार छन् । पण्डितले गृहमन्त्री विमलेन्द्र निधिले पनि उक्त घटनामा साथ दिएको आरोप लगाए । सोमबार सप्तरीमा एमालेले सभा गरेको ठाउँमा मधेसी मोर्चाले अवरोध गर्न खोज्दा प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएको थियो । पण्डितले विदेशीको पैसा खाएर राष्ट्रियता कमजोर बनाउने काम भएको आरोप लगाए। उनले मधेसी मोर्चाको क्रियाकलाप राजनीतिक प्रकृतिको नभएको बताए । राजनीतिक बाटोमा विश्वास नगर्नेहरुले पेट्रोल बम, प्रेसर कुकर बम बोके। तिनीहरुलाई कारबाही गर्नुपर्छ यी सबै काम आतंककारीले मात्र गर्छन्, मोर्चाको क्रियाकलाप आतंककारी जस्तो छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्