Skip to content
LAXMI SUNRISE BANK

मार्चाको अवरोधका कारण एमालेको आमसभास्थल सारियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – मधेसी मोर्चाको अवरोधका कारण नेकपा एमालेको आमसभास्थल सारिएको छ । रामलीला मैदानमा गर्ने भनिएको आमसभालाई सारेर सडक डिभिजन कार्यालयमा गरिने भएको हो । आमसभालाई लक्षित गर्दै मोर्चाले आज मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरेको छ । एमालेको कार्यक्रममा नजान मोर्चाले स्थानीयलाई अपील गरेको थियो ।
लामो दुरीका गाडीहरु चलेका छैनन् भने साना सवारी फाट्टफुट्ट चलेका छन् । अप्रिय घटना हुन नदिनका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK