
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सप्तरीको राजविराजमा सोमबार मानवीय क्षति हुने गरि घटना घटेपछि तराईका एक जना सामाजिक अभियन्ताले चुनावका माध्यमबाट एमालेलाई देशबाटै लखेट्न मधेसवादी दललाई चुनौति दिएका छन् ।
सोमबार साँझ राजविराजमा एमालेको कार्यक्रम विथोल्दा प्रहरीको गोली लागेर सञ्जन मेहताको मृत्यु भएपछि पर्साको वीरगञ्ज घर भएका सामाजिक अभियन्ता रामप्रसाद शाहले मधेसवादी दलप्रति आक्रोश पोखेका हुन् ।
उनले यस्तो लेखेका छन् :-
मधेश आन्दोलनमा ६० भन्दा बढी शहिद भएका परीवारहरुको अझै आँसु रोकिएको छैन । घाइतेहरु राम्रो उपचार नपाएर मरिरहेका छन् तर मसिहाहरु लाई न शहिद परिवारको चिन्ता छ न त् घाइतेहरुको, चिन्ता छ त मात्र आफ्नो स्वार्थको ।

एमालेलाई मधेशबाट मात्र हैन सक्छौ भने देशबाट नै लखेट तर यसरी आतंक मचाएर होइन, चुनावबाट । चुनाव लडेर आफ्नो शक्ति देखाऊ, अझै मधेशी बच्चाहरुलाई अनाथ र महिलाहरुलाई बिधवा नबनाऊ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्