
- डीआर नेपाल
नेपाली पूँजी बजारमा ‘माफिया’ हरु सक्रिय भएको कुरा नौलो होइन । यसो त नेपालको पूँजीबजारमा मात्र होइन विभिन्न ठाउँ, वा व्यवसायमा माफियाहरु सक्रियनै छन् । तर अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपाली पूँजीबजारमा रहेका माफियाहरु अलि बढीनै डरलाग्दा ‘भाइरस’हरु हुन् भन्दा फरक नपर्ला ।
बजार घटाउन सक्रिय, बढाउन सक्रिय, र बिगार्न सक्रियहरु त छँदै छन्, वेव साइट डाउन गराएर करोडौंको चलखेल भएको आशंकापनि हुन थालेको छ । यसो त लाइभ ट्रेडिङ हेर्न नपाउँदा त्यसको सीधा असर लगानीकर्ताको लगानी गर्ने ‘मुड’ मा असर गर्छ । यसरी वेव साइटमा समस्या भएको बहानामा सेयर बजारमा कालोबजारी गर्नेहरु देखि बजारका माफियाहरु बढी सक्रिय भएको हो कि भन्ने आशंका बढेको छ ।
सेयर ब्रोकरका कार्यालयहरु थपिंदै जाँदा वेव साइटको ‘ट्यारिफ’ बढ्नु स्वभाविक हो भन्नेहरु पनि छन् । तर्क बेठिक पनि होइन । तर यहि बहाना वा तर्क दिएर बजारमा माफियाहरु संलग्न भएका छैनन् भन्ने ग्यारेन्टी कहाँ हुन सक्छ र ! माफियाहरुलाई बहाना जो चाहिने गरेको छ । र बहानामा नै खेल्ने बानी बसीसकेको छ ।
अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने पनि लाइभ ट्रेडिङ देखाउने वेव साइटमा समस्या हुनुलाई चलखेलकै रुपमा लिइने गरिन्छ । समस्या प्राविधिक हो भनेर झारा टार्ने नेप्सेका प्रतिनिधि, ‘यो समस्या कहिलेकाहीं हो’ भनेर झारा टार्ने धीतोपत्र बोर्ड हुन् वा प्रयास गर्दैछौं भनेर झारा टार्ने साइट निर्माता कम्पनी, यी सबैसँग मिलेर माफियाहरुले आफ्नो डरलाग्दो व्यापार गरिरहेका छैनन् भन्ने ग्यारेन्टी के त ? आखिर माफियाहरुले माफियागिरी गर्ने नै सबैसंग मिलेर न हो ।
केहि लगानीकर्ताहरु वेव साइट निर्माता कम्पनी र नेप्से विरुद्ध जान लागेको समाचार सार्वजनिक भएको थियो हिजोमात्रै । अव केहि होइन सबै लगानीकर्ता जाग्नुपर्ने बेला आएको छ । सेयर बजार सम्बन्धि जानकारी दिने नीजी समाचार पोर्टल कहिले पनि डाउन नभएका उदाहरणीय वेव साइटहरुपनि छन् नेपालमा । नेप्सेको साइटभन्दा बढी हेरिने तर समस्या नआउने वेव साइटहरुपनि छन् नेपालमा । त्यसैले यसलाई सामान्य होइन अलि गम्भीर बिषयको रुपमा लिनु पर्ने बेला भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्