×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्समा सीइओका ३ कर्तुत : राष्ट्र बैंकदेखि अख्तियारसम्म पुग्यो केस !

PRIME CA

मञ्जुश्री फाइनान्समा सीइओका ३ कर्तुत : राष्ट्र बैंकदेखि अख्तियारसम्म पुग्यो केस !

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – मञ्जुश्री फाइनान्स लिमिटेडका सीइओ सन्तोष निरौला विरुद्ध फाइनान्सकै सेयरहोल्डरहरु नेपाल राष्ट्र बैंक र अख्तियार पुगेको खबर छ । सीइओ सन्तोष निरौलाले कम्पनीमै अप्रतक्ष्य लगानी गरी गैरकानुनी रुपमा सीइओ भएको, लेखापरीक्षकसमेतको मिलेमतोमा विभिन्न खाले घोटाला गरेको, र कमिसनका भरमा जोखिमयुक्त ठाउँमा लगानी गरेको भन्दै  केहि सेयरहोल्डरहरु विभिन्न निकायमा पुगेका छन् । यसरी सीइओ निरौलाका विरुद्ध लाग्नेमा बैंककै कर्मचारीदेखि केहि डाइरेक्टरका आफन्त समेत छन् ।
अख्तियार र राष्ट्र बैंकमा उजुरी !
‘सीइओको मनोमानीले सीमा नाघ्यो । उनले कसैलाई पनि टेरेनन् । त्यसैले हामी सम्बन्धित निकाय गुहार्न बाध्य भएका छौं । केहि समयअघिमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्रबैंकमा उजुरी पठाएका छौं ।’ एक सेयरहोल्डरले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार सीइओले आफ्ना भिनाजुको नाममा सेयर किनेर संस्थाको सीइओ बनेका छन् । ‘बैंक तथा वित्त्तीय संस्था ऐन २०६३ अनुसार कुनैपनि वित्तीय संस्थामा लगानी भएकाहरुले संस्थाको व्यवस्थापनमा बस्न नपाउने स्पष्ट व्यवस्था छ । तर सीइओ निरौलाले यस्तै गरेका छन् । हामीले यसको प्रमाण अख्तियार र राष्ट्र बैंकमा पठाएका छौं । आवश्यक पर्यो भने हामी उनको गोपनियताक कुराहरु समेत मिडियामा पठाउंछौं । ‘ उनले भने ।         
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा समेत उजुरी गरिने 
यता विभिन्न सेयर होल्डरहरुले लेखापरीक्षकको मिलेमतोमा समेत विभिन्न घोटाला भएको भन्दै लेखापरीक्षक विरुद्ध समेत सम्बन्धित निकायमा उजुरी गर्ने बताएका छन् । ‘सन्तोष निरौला पनि चार्टड एकाउन्टेन्ट हुन् । संस्थाको विभिन्न लेखापरिक्षणको काम यस अघि नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष समेत भइसकेका प्रकाश लम्सालले गरेका हुन् । विगत लामो समय देखि आफ्नै साथीहरुको फर्ममा ‘रुटिन-रोटेसन’ मिलाएर उनी स्वयम् उक्त संस्थाको लेखापरिक्षण कार्यमा संग्लग्न भएका छन् । उनीहरु मिलेर घोटाला गरेका छन् । आफु नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा पावरफुल भएका कारण कसैले पनि केहि गर्न नसक्ने भन्दै प्रकाश लम्सालले आड दिएपछि दुइजना नै मिलेर घोटाला भएको छ । यससबन्धि विभिन्न प्रमाण हामीले नेपाल राष्ट्र बैंक र अख्तियारमा पुर्याईसकेका छौं । अन्य साथीहरुसंग सल्लाह गरेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा पनि उजुरी दिने तयारी गरिरहेका छौं ।’ उजुरीकर्ता सेयरहोल्डरले अर्थ सरोकार डटकमसँग भने ।  
सीइओका तीन कर्तुत !
उजुरीकर्ताले विभिन्न निकायमा पठाएको उजुरीमा फाइनान्सका सीइओ सन्तोष निरौलाले गरेका ३ कर्तुतहरुको व्याख्या गरिएको छ । पहिलो त उनले आफ्ना आफन्तका नाममा सेयर किनेर संस्थाको सीइओ भएको र यो प्रचलित कानुन विपरित भएको उल्लेख गरिएको छ । दोश्रो कमिसनकै आडमा सीइओ निरौलाले खराब कर्जामा लगानी गरेको बताइएको छ । यससम्बन्धमा सम्बन्धित निकायमा प्रमाणसहित उजुरी गरिएको उजुरीकर्ताको दावी छ । तेश्रो लेखापरीक्षककै मिलेमतोमा लेखापरिक्षण रिपोर्टमा कैफियत नदेखाएको, लगानीकर्ताहरुलाई भ्रममा पारेको र लेखापरीक्षककै मिलेमतोमा विभिन्न काम भएको भन्दै उजुरी गरिएको छ। 
सम्पर्कमा आउन चाहेनन् सीइओ निरौला:
यसबारे हामीले फाइनान्सका सीइओ सन्तोष निरौलासंग सम्पर्कको प्रयास गरेका थियौं । हामीले सन्तोष निरौलालाइ पटक पटक सम्पर्क गर्दा पनि उनले आफ्नो फोन उठाएका छैनन् । यसो त उनले हामीले मन्जुश्री फाइनान्सका बारेमा केहि कुरा सोध्नुछ भन्दै पठाएको एसएमएसको समेत उनले उत्तर दिएका छैनन् । यसरी पत्रकारको प्रश्नदेखि पटक पटक भाग्नुले पनि फाइनान्सभित्र केहि पाकेको छ भन्ने स्पष्ट भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: