
काठमाडौं – श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीले कार्यविधि फाइल गायव गराएका छन् । श्रम सहचारी नियुक्तिका बिषयलाई लिएर कार्यविधि निर्माण गरिएको थियो । आफु अनुकुल कार्यविधि नबनेपछि मन्त्रालयका कर्मचारीले कार्यविधि फाइल नै गायव गरेका छन् । फाइल गायव भएपछि श्रम सहचारी नियुक्ति प्रक्रिया अन्यौलमा परेको छ ।
सरकारले विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्याउन श्रम सहचारी नियुक्त गर्ने गरेको छ । कर्मचारीका लागि यो पद आकर्षक पनि मानिन्छ । पछिल्लो समय श्रम सहचारी को हुने रु भन्ने विषयमा कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो बर्ष श्रम सहचारी नियुक्तिलाई सहज बनाउन कार्यविधि तयार गरिएको थियो ।
तत्कालिन श्रम तथा रोजगार मन्त्री दीपक बोहराले स्वीकृत गरिसकेको उक्त कार्यविधि मन्त्रालयबाट हराएपछि यतिखेर श्रम सहचारी नियुक्ति प्रक्रिया के हुन्छ भन्नेबारे झनै झटिलता बढेको हो ।
मन्त्रालय स्रोतका अनुसार कार्यविधिले तोकेको मापदण्डभित्र नपरेका केही कर्मचारीले उक्त फाइल गायब पारे पनि हाल मन्त्रालयको नेतृत्व लिएका मन्त्री, सचिवले वास्ता नगर्दा श्रम सहचारी नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको नागरिक दैनिकमा समाचार छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्