
काठमाडौं – अर्थ मन्त्रालयले स्थानीय तह पुनः संरचनाका लागि ७ अर्ब ४४ करोड रुपैयाँ निकास गर्ने भएको छ । प्रारम्भिक पूर्वाधार संस्था विकासका लागि उक्त रकम निकासा गर्न लागेको मन्त्रालयले जनाएको छ । ‘पुनःसंरचनाअन्तर्गत ७ सय ४४ स्थानीय तह बनेका छन् ।
स्थानीय तहको विकास गर्न पनि जरुरी छ’, बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री कृष्णबहादुर महराले भन, ‘पूर्वाधार विकास गर्न तत्काल ७४४ अर्ब रुपैयाँ निकास गर्न लागेका छौं ।’ अर्थको तर्फबाट न्यूनतम आर्थिक सहयोग गर्नुपर्ने भनेर मन्त्रिपरिषदमा बीउ पुँजीका रूपमा एकमुष्ठ एक्एक करोड रुपैयाँ उठाउने निर्णय भएको उनले बताए ।
सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाको संरचना तयार गरेको छ । ती सबैमा एक्एक करोड रुपैयाँका दरले रकम दिइनेछ । हाल स्थानीय विकास मन्त्रालयले कर्मचारीको स्थायी पदस्थापन गरिरहेको छ । सांगठनिक पुनःसंरचना गर्नका लागि गाउँ विकास समितिमा एउटा समन्वयकर्ता पठाउने अर्थमन्त्री महराले बताए । कान्तिपुर दैनिकबाट साभार ग।िएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्