×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रालयमा लापरवाहीको पाराकाष्टा : गोरखाका प्रजिअको दुई ठाउँमा सरुवा, चितवनमा ३ जना प्रजिअ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गृहमन्त्रालयमा लापरवाहीको पाराकाष्टा : गोरखाका प्रजिअको दुई ठाउँमा सरुवा, चितवनमा ३ जना प्रजिअ !

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं –  गृहमन्त्रालयको चरम लापरबाही हुने गरेको तथ्य फेला परेको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई गृहमन्त्रालयले एउटै मितिमा दुई ठाउँमा दुई पदमा सरुवा गरेको तथ्य फेला परेको हो ।
गृहमन्त्रालयले गरेको फागुन ९ को निर्णयअनुसार उनलाई डोल्पाको प्रजिअ र चितवनको सहायक प्रजिअमा सरुवा गरिएको उच्च स्रोतले बतायो । स्रोतका अनुसार मन्त्रालयले एउटै मितिका दुई पत्र उनलाई थमाएको हो । डोल्पाको प्रजिअमा सरुवा गरेलगत्तै उनलाई पुनः चितवनको सहायक प्रजिअमा सरुवा गरिएको छ ।
सरुवा भई डोल्पा जाने तयारी गर्दैगर्दा उनलाई पुनः चितवन सरुवा गरिएको प्रशासनका एक कर्मचारीले बताए । एउटै मितिमा सरुवा गरिएको पत्र थमाए पनि निर्वाचन आचारसंहिता लागू भइसकेपछि उनलाई डोल्पाबाट हटाएर चितवन सरुवा गरिएको हो । ‘पत्रमात्रै एउटै मितिमा बनाएको देखिन्छ,’ प्रशासनका एक कर्मचारीले अर्थ सरोकार संग भने, ‘यस्तो काम गृहमन्त्रालयको लापरबाही हो ।’उनले भने । 
डोल्पाबाट पनि शर्माको सरुवा भएपछि चितवनमा एक दरबन्दीमा तीन जना सहायक प्रजिअ भएका छन् । दुई जना सप्रजिअ पहिले कार्यरत रहेको चितवनका प्रजिअ नारायण भट्टले बताए । शर्मा गोरखा प्रशासनबाट रमाना लिएर आइतबार चितवन पुगिसकेका छन् ।
गत वर्ष फागुनमा गोरखाका प्रजिअ बलदेव गौतमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको दबाबमा ४३ दिनमै सरुवा गरेर भट्टलाई ल्याइएको थियो । प्रधानमन्त्री र मन्त्रीको स्वार्थका कारण डोल्पामा केशवराज शर्मालाई प्रजिअ बनाएर खटाइएको गृहमन्त्रालयका एक उच्च कर्मचारीले बताए । उनी म्याग्दीको प्रजिअपछि मन्त्रालयमै कार्यरत थिए ।
चुनावी स्वार्थ हेरेर सरुवा भइसकेका मान्छेलाई हटाएर अर्को मान्छेलाई कार्यभार तोकिएको हो,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने । मुगुका प्रजिअ केशव शर्मा सहायक प्रजिअका रूपमा गोरखा आउँदै छन् । मन्त्रालयले खटाएअनुसार आफूले जिम्मेवारीको काम गरेको शर्माले बताए । ‘डोल्पा सरुवा गरेपछि हटाएको पत्र पाएको छैन,’ उनले भने, ‘मन्त्रालयले भनेअनुसार काममा खटिएको छु ।’ उनले चितवन प्रशासनमा हाजिर हुने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: