
काठमाण्डौ – तमलोपाका अध्यक्ष महन्थ ठाकुर सोमबार खाममा २५ हजार रुपैंयाँ हालेर सप्तरी मलेठ पुगे । उनी २३ फागुनमा मलेठमा भएको मधेसी मोर्चा र प्रहरीबीचको झडपमा मृत्यु भएका सञ्जन मेहताकी आमा शान्तिदेवीलाई सान्त्वना दिन पुगेका थिए । तर, शान्तिदेवीको प्रश्नले उनी नाजवाफ बने ।
६० वर्षीया शान्तिदेवीले महन्थ ठाकुरलाई मैथिलीमा सोधिन्, ‘पैसासँ कि हेते, हमर बेटा घुरिके थोरी येते रु’९पैसाले के हुन्छ, मेरो छोरा अब फर्केर आउन सक्छ रु० ।शान्तिदेवीको प्रश्नले नाजवाफ बनेका ठाकुरले केहीबेरपछि भने, ‘सञ्जनले मधेस र मधेसीको हकअधिकारका लागि बलिदान दिए, हामी उनको बलीदानको मूल्य राज्यसित लिएर छाड्छौं ।’
नौ महिना अघि बिहे भएकी सञ्जनकी श्रीमती सवितालाई पनि परिवारजनले नेताहरुसमक्ष लगेका थिए । तर, उनी केही बोल्न सकिनन् । श्रीमानको मृत्युपछि उनी अर्धचेतजस्तै छिन् । सरकारी जागिर खाने इच्छा रहेको बताउने उनी १२ कक्षामा अध्ययनरत छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्