
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – राजधानी जोड्ने मुख्य लाइफ लाइनको रुपमा रहेको नारायणगढ – मुग्लिङ सडकखण्डको पुर्निर्माणको काम अत्यन्तै सुस्त गतिमा गएको छ । विश्व बैंकको तीन अर्ब ऋण सहयोगमा सरकारले ३६ किलोमिटर लामो नारायणगढ मुग्लिन सडक खण्ड लाई एसियाली मापदण्ड अनुरुपको दुईलेनको बनाउने काम सुरू गरे पनि जम्मा अर्तिस प्रतिशत मात्रै पूरा भएको छ निर्माण सम्झौंता अनुसार यो सडकको काम आगामी महिना अर्थात् अप्रिल १९ देखि २३ भित्र मा पुरा हुनुपर्ने थियो ।
तर, अब यो मितिमा काम सकिने कुनै छाककाट छैन’ ठेकेदारको चरम लापरबाही र ढिलाइ सुस्तीका कारण अवस्था ज्युको त्यु नै रहेको छ । दुई बर्ष बितिसक्दा समेत कामले गति लिन नसकेपछि तोकिएकै समयमा काम सम्पन्न नहुने निश्चित देखिएको हो । पहिलो सडक खण्डमा ३५ प्रतिशत काम सकिएको थियो भने दोस्रोखण्डको ४७ प्रतिशत काम सकिएको छ ।
तेस्रो ठेकेदार कम्पनीले करिब ३४ प्रतिशत मात्रै काम पुरा गरेको छ । यो सडकखण्डको केही स्थानमा पहाडनै काटेर बाटो फराकिलो बनाउन थालिएको भए पनि केही स्थानमा कालोपत्रे भने हुन नसक्दा यात्रुले दैनिकी धुलोको सास्ती भोगिरहेका छन् । वर्खासम्म पनि कालोपत्रे नभए हिलोले सवारी साधन चलाउन नसक्ने अवस्था आउँछ । यता, सडक परियोजनाका प्रमुख चन्द्रनारायण यादबले नारायणगढ ( मुग्लिङ सडक खण्डको काम सकिन अझै एक बर्ष लाग्ने बताए । तीनवटा निर्माण कम्पनीलाइ ठेक्का दिएपनि निर्माणको गति अत्यन्तै सुस्त हुँदा तोकिएको समय भन्दा एक बर्ष बढी लाग्ने बताएका हुन् ।
चीन हुँदै नेपालको कोदारी, नौबिसे , काठमाडौँ, नागढुङ्गा , मुग्लिन नारायणगढ , हेटौंडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्डको रूपमा परिचित सडक खण्डमा अहिले १६ किलो देखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलो देखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ ।
नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । उनका अनुसार अहिलेसम्म ३८ प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले दोस्रोपटक म्याद थपेर सो सडक निर्माणको काम सकिने अवधि सन् २०१७ को नोभेम्बर २५ देखि डिसेम्बर २१ सम्म पुर्याएको छ । फेव्रुअरी एक तारिखमा यो म्याद थप भएको हो । यसअघि गत , वर्ष अर्थात सन् २०१६ को अप्रिल १९ मा पहिलो पटक म्याद थप भएर सम्पन्न गर्नुपर्ने अवधि सन् २०१७ को अगष्ट २५ देखि सेप्टेम्बर तीनसम्म पु¥याइएको थियो ।
३३ किलोमिटर सडक फराकिलो बनाउन कामको लागि आँपटारी देखि दासढुङा सम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिन सम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका थिए । एसियन हाइवे अन्तर्गतको एएच ४ टु खण्ड अन्तर्गत नारायणगढ मुग्लिन सडक खण्ड मा दैनिक करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । अहिले सो सडकमा एकतर्फी मात्रै सवारी साधन संचालन भइरहेको छ ।
सडक अनुगमनमा निस्किए प्रजिअ :-
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको रत्ननगरमा निर्माणाधिन फोरलेन सडक विस्तारको कामलाई यथाशीघ्र सिध्याउन चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् । सडक विस्तार को काममा ढिलाइ सुस्ती भएको , सडकमा अत्याधिक धुलो उडेर रोग निम्तिएको भन्ने जनगुनासो आए प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट सहित रत्ननगर नगरपालिकाका निमित्त कार्यालय प्रमुख प्रकाश चन्द्र ढुंगाना, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, चितवन उद्योग संघका प्रथम उपाध्यक्ष भेषराज दवाडी, स्थानीयवासी लगायतले उपस्थिति रहेको थियो टोली सडकको अनुगमनमा निस्किएका थिए ।
अनुगमनमा निस्किएका प्रजिअ भट्टले सडक बिस्तारमा हुँदै गरेको क्षेत्रमा धुलो नियन्त्रणको लागि नियमित रुपमा पानी हाल्न, सडक भित्र पर्ने बिजुलीको पोलहरु सार्न, टेलिफोनको तार व्यवस्थापन गर्न समेत उनले निर्देशन दिए । त्यस्तै , फागुन मसान्त भित्र १ लेन सडक कालोपत्रे र चैत १५ गते भित्र अर्को लेनमा कालोपत्रे गर्न समेत निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाइ निर्देशन दिएका थिए । यता , सडकमा नियमित पानी हाले नहालेको बारे अगुगमन गर्न इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख नारायण रञ्जितकार लाइ जिम्मा दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्