×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टीका कार्यकर्ताको हत्या गरे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोखरामा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टीका कार्यकर्ताको हत्या गरे

Artha Sarokar

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा – पोखरामा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टीका अर्का एक कार्यकर्ताको हत्या गरेका छन् । लेखनाथ- ५ सिलिङे निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य ५७ वर्षिय ईन्द्र बहादुर रानाभाटलाई सोही वडाका तरुण दलका एक युवकले चिरपटले हानेर हत्या गरेका हुन् ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार गत फागुन १४ गते राती सिलिङेमा संचालन भएको शिवरात्री महोत्सवको समापनको साँझ भएको एक विवादमा यस्तो घटना घटेको थियो । ३० बर्षीय आशिष रानाभाटले चिरपटले हानेर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
रानाभाट नेपाली कांग्रेसका सदस्य हुन भने हत्या गर्ने आशिषपनि नेपाली कांग्रेस निकट तरुण दल लेखनाथ ५ का कार्यकर्ता भएको स्थानीयको भनाइ छ। रानाभाटको शवमा नेपाली कांग्रेस नेता तारानाथ रानाभाट र कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी