×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस नेता शाहकाे भिरबाट खसालेर विभत्स हत्या, साथीहरुले भागेर जाेगाए ज्यान

PRIME CA

कांग्रेस नेता शाहकाे भिरबाट खसालेर विभत्स हत्या, साथीहरुले भागेर जाेगाए ज्यान

१६ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

नेपाली कांग्रेसका स्थानीय नेता रविन्द्र शाहकाे विभत्स हत्या गरिएकाे छ । सदरमुकाम भेरीमालिका-३ घर भएका शाहकाे मंगलबार साँझपख जिल्ला अस्पताल नजिकै अज्ञात समूहले हत्या गरेकाे हाे । 
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नेता शाह जाजरकाेटकाे चर्चित गैरसरकारी संस्था पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष समेत रहेका थिए । मंगलबार साँझ करिब साढे ६ बजेकाे समयमा उनी अरु केही साथीहरुका साथमा इभिनिङ वाकमा निस्केका थिए । 
सदरमुकामकाे तल्लाे थाप्लेमा रहेकाे जिल्ला अस्पतालभन्दा केही तल कालेगाउँ जाने कच्ची धुलैधुलाे भएकाे सडकबाटाेमा हिड्दै गरेका शाहमाथि एकाएक बाटाे कुरेर बसेकाे अज्ञात समूहले ढुंगा प्रहार गरेकाे थियाे । सुरुमै हानेकाे ढुंगा उनकाे टाउकाेमा लागेकाे र उनी सडकमा ढलेकाे बताइएकाे छ । त्यसपछि घाइते अवस्थामा छटपटाइरहेका शाहलार्इ अाक्रमणकारीहरुले सडकबाट उठाएर भिरबाट खसालेर वेपत्ता भएकाे बताइएकाे छ । 
सँगै गएका साथीहरुले भागेर जाेगाए ज्यान
शाहमाथि अाक्रमण भएका बेला उनीसँगै गएका उनका साथीहरु किरण थापा र हिटलरसिंह राठाैर केही मिटरकाे दूरीमा पछाडि रहेकाे बुझिएकाे छ । पछाडि रहेका थापा र राठाैरले शाहमाथि अाक्रमण हुने बित्तिकै अाफूहरुले भागेर ज्यान जाेगाएकाे बताएका छन् । अाक्रमण भएपछि अाफूहरु भागेकाे र लगत्तै प्रहरीलार्इ फाेन सम्पर्क गर्दागर्दै ढिलाे भएकाे उनीहरुकाे भनाइ छ ।
उनीहरुले अाक्रमण भए लगत्तै प्रहरीकाे नम्बर डायल १०० मा सम्पर्क गरेकाे तर त्याे नम्बर रुकुम प्रहरीले उठाएकाे बताएका छन् । केहीबेरपछि अाएकाे प्रहरीले भिरबाट खसेका शाहलार्इ ल्याएर जिल्ला अस्पताल पुर्याएकाे थियाे । जिल्ला अस्पतालमा करिब दुर्इघन्टा राखेपछि उनलार्इ मृत घाेषणा गरिएकाे थियाे । 
लामाे समय राजधानी काठमाडाैंमा बसी अध्ययन सकेर जिल्ला फर्किएका ३७ वर्षीय शाह  गैरसरकारी संस्थाकाे काममा संलग्न थिए । उनकाे हत्या कसले किन गरेकाे हाे भन्ने केही खुल्न सकेकाे छैन । प्रहरीले घटनाकाे अनुसन्धान तथा हत्याराकाे खाेजी गरिरहेकाे जनाएकाे छ ।
सिडिअाे र प्रहरी प्रमुख दुबै जिल्ला बाहिर
घटना भएका बेला प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पाैडेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक भावेष रिमाल जिल्ला बाहिर रहेका थिए । उनीहरु निर्वाचन सम्बन्धी क्षेत्रीय स्तरकाे दुर्इ दिने सुरक्षा गाेष्ठीमा सुर्खेत पुगेका थिए । घटना लगत्तै उनी मंगलबार राती नै जाजरकाेट फर्किएकाे बताइएकाे छ ।
शाहकाे हत्यापछि जाजरकाेट सदरमुकाममा सन्त्रास फैलिएकाे छ । साँझ परेपछि मानिसहरु हिड्डूल गर्न समेत डरकाे महशुस गरिरहेकाे बताउँछन । जाजरकाेटका सबै राजनीतिक दलका नेता, स्थानीय व्यापारी व्यवसायी तथा सर्वसाधारणले शाहकाे हत्याकाे तत्काल छानविन गर्न र हत्यारालार्इ पत्ता लगाइ कडा सजाय दिन प्रशासनसमक्ष माग गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: