×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइ शपले खोल्यो महाराजगन्जमा सातौ शाखा, कम्पनीमा वाताबरण मैत्री केमिकल्समात्र प्रयोग हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माइ शपले खोल्यो महाराजगन्जमा सातौ शाखा, कम्पनीमा वाताबरण मैत्री केमिकल्समात्र प्रयोग हुने

Artha Sarokar

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्राहकको समस्यालाई मध्यनजर गर्दै माइ शपले आफ्नो सातौ शाखा विस्तार गरेको छ । ७० बर्ष देखि ड्राइ क्लीनिङको क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै ग्राहकहरुको सेवामा अनवरत रूपमा काम गर्दै आइरहेको माइ शप ड्राइ क्लीनर्सले आफ्नो सातौ शाखा आज महाराजगन्जमा खोलेको हो ।
अत्याधुनिक मेशीनबाट जुनसुकै गार्मेन्ट्सहरु सफा गर्ने यस कम्पनीले बातावरण मैत्री केमिकल्सहरु मात्र प्रयोग गर्ने र सफाइमा कुनै कसर नछोड्ने बताएको छ। बीसौ बर्ष देखि कार्यरत कर्मचारीहरुले ड्राइ क्लीनिङ ब्यवसायमा बिशेषग्यता हासिल गरिसकेका छन् ।
तीन पुस्ता देखि निरन्तर चल्दै आएको यस कम्पनीलाई समाजमा घरगृहस्ती एवम व्यवसायिक क्षेत्रका धेरैले रुचाउने गरेको कम्पनीको मालिक नीलम हर्जानिले बताउनुभयो । सातौ शाखाको शुभारम्भको अवसरमा फाल्गुन २७ तारिख सम्म ड्राइ क्लीनिङमा १५५ छुटको व्यवस्था राखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी