×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ शक्ति यहि फाल्गुन २६ गते फुट्ने, एक कार्यक्रमका बीच हुँदैछ औपचारिक घोषणा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नयाँ शक्ति यहि फाल्गुन २६ गते फुट्ने, एक कार्यक्रमका बीच हुँदैछ औपचारिक घोषणा !

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बाबुराम भट्टराइ नेतृतको पार्टी फुट्ने निश्चित भएको छ । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा बिबाद हुँदा पार्टी फुटको संघारमा पुगेको हो । विशेष गरेर संयोजक भट्टराईले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नजिकको साँठगाँठ गरेपछि नयाँ शक्ति पार्टीभित्र बिबादको बीउ रोपिएको थियो ।
स्रोतका अनुसार सो पार्टीमा प्रभावशाली अस्तित्व राख्न सफल निर्मल भट्टराईसहितका नेताहरूले बाबुराम भट्टराईको कार्यशैलीको विरोध थालेका हुन् । निर्मल भट्टराई समूहले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने अडान राख्दै आएको छ ।
निर्मल भट्टराई समूहले बाबुराम भट्टराईको एकलकाटे निर्णयविरुद्ध ‘एक्सन’ लिन आफ्नो समूहको फागुन २६ गते राजधानीमा छुट्टै भेला बोलाएको छ । बाबुराम भट्टराईले उपेन्द्र यादवसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग नलिने र अराजनीतिक क्रियाकलाप गरेकाले निर्मल भट्टराई समूहले फागुन २६ गते राजधानीमा अलग भेला आह्वान गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालको बिद्रोही समूहमा १ सयभन्दा बढी केन्द्रीय पदाधिकारी र सदस्यहरू रहेको निर्मल भट्टराई समूहको दाबी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: