Skip to content
LAXMI SUNRISE BANK

पार्टीलाई सहयोग गर्ने एनसेलको विरोध गरेपछि नयाँ शक्तिबाट हरिराम रिमाल निष्कासित भएको खुलासा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पार्टीलाई निरन्तर सहयोग गर्ने एनसेलले लाभ कर नतिरेको विरोध गरेको भन्दै नयाँ शक्ति नेपालले हरिराम रिमाललाई पार्टीबाट निष्कासन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई निष्कासित गरेको हो । यी मध्ये हरिराम रिमाल एनसेलले कर तिर्नुपर्ने भन्दै एनसेलको सिम जलाउने कार्यक्रममा समेत सम्मिलित भएका थिए । यिनीहरुलाई पार्टीभित्र भने पार्टी फुटाउन लागेको भन्दै निष्कासन गराइएको भन्ने हल्ला फिंजाईएको छ।  
नयाँ शक्ति नेपालको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार एनसेलको सिम जलाउने कार्यक्रममा पार्टीका नेता हरिराम रिमाल संग्लग्न भएको भन्दै यस्तै भइरहे आफुहरुले पार्टीलाई सहयोग नगर्ने चेतावनी एनसेलबाट आएको थियो । त्यसपछि हिसिला यमीको ठाडो आदेशमा उनीहरुलाई पार्टीबाट निकालिएको हो ।  
पार्टीले पार्टी हित र स्वीकृत मूल्य-मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले विशेष राजनीतिक समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिएका छन् ।

यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै रिमालले भने, ‘मैले पार्टीले नै विरोध गरौँ भनेको थिएँ । तर उहाँहरु रिसाउनुभयो । मलाइ पार्टीबाट निकालेको कारण यहि हुनसक्छ ।’   

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK