
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – कञ्चनपुरमा बिहीबार भारतीय एसएसबीले गरेको नेपाली नागरिक गोविन्द गौतमको हत्या र ज्यादतीको विरोधमा शुक्रबार नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिले विज्ञप्ति जारी गरी विरोध जनाएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले फागुन २६ गते कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकास्थित स्थानीय जनताले बनाएको कल्भर्ट भत्काइ गोली हानी स्थानीय गोविन्द गौतमको हत्या गरेको घटनाप्रति नेपाल मजदुर किसान पार्टीको गम्भीर ध्यान गएको पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।
स्थानीय जनताले नगरपालिकाको आर्थिक सहयोगमा नेपाली भूमिमा कल्भर्ट निर्माण गरेका थिए । भारतीय पक्षले अन्तराष्ट्रिय कानून समेत मिची नेपाली भूमिमा प्रवेश गरी गरेको ज्यादतीको विरोधमा उत्रेका स्थानीय जनतामाथि गोली प्रहार गरी हत्या गर्नु जघन्य अपराध हो भने अर्कोतिर नेपालको सार्वभौमिकताको उल्लंघन हो । नेपाल मजदुर किसान पार्टी त्यस घटनालाई सामान्य रुपले भारतीय सीमा सुरक्षा बलका जवानहरुको गतिविधि मात्रै नसम्झी भारतको मोदी सरकारको फासीवादी नीतिको एक दृष्टान्त भएको उल्लेख गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्