
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल वायुसेवा निगमले चालु आर्थिक बर्षको सात महिनासम्ममा १३ करोड ७१ लाख २६ रुपैयाँ कर अघिको नाफा कमाएको छ । निगमले साउन देखि माघसम्मको सबै खर्च एवं ऋणको ब्याज समेत तिरेर उक्त रकम बचाएको हो ।
निगमले यो अवधिमा कुल पाँच अर्ब चार करोड २० लाख ८६ हजार रुपैयाँ कमाएको छ । सबैभन्दा धेरै अन्तराष्ट्रिय उडानबाट तीन अर्ब ८० करोड सात लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको हो । त्यस्तै आन्तरिक उडानवाट ११ करोड ५८ लाख १८ हजार रुपैयाँ, कार्गोबाट तीन करोड २६ लाख ९३ हजार रुपैयाँ, व्यागेजबाट तीन करोड २५ लाख ८ हजार रुपैयाँ, ग्राउन्ड ह्यान्डलिङवाट एक अर्ब ७६ करोड ३५ लाख २६ हजार रुपैयाँ र भाडाबाट एक करोड ६८ लाख तीनहजार रुपैयाँ आर्जन गरेको छ ।
यस्तै कुल चार अर्ब २९ करोड ४१ लाख ७३ हजार रुपैयाँ खर्च भएको निगमले जनाएको छ । निगमले फ्लाइङ अपरेसन एक अर्ब ७० करोड १२ लाख ५३ हजार रुपैयाँ, इन्स्योरेन्स प्रिमियम १७ करोड ८६ लाख ३७ हजार रुपैयाँ, भाडा एक करोड एक लाख ३२ हजार रुपैयाँ, मेन्टिनेन्स ३८ करोड १९ लाख ४६ हजार रुपैयाँ, ग्राहक सेवा ६ करोड १६ लाख ५० हजार रुपैयाँ, ह्रासक्ट्टी ७३ करोड ४७ लाख २९ हजार रुपैयाँ, प्रशासन तथा जनरल बापत एक अर्ब ३६ करोड २९ लाख ४९ हजार रुपैयाँ खर्च गरेको हो।
त्यस बाहेक बित्तिय लागत बापत ४७ करोड ३६ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । जहाज किन्दा सञ्चयकोषबाट लिएको ऋण एवं अन्य कर्जाको ब्याज बापत निगमले उक्त रकम भुक्तानी गरेको हो ।
निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले यो नाफा अघिल्लो बर्षको भन्दा धेरै रहेको र चालु आर्थिक बर्षको अन्त्यसम्ममा यसलाई बढाएर दोब्वर पार्ने बताए । निगमले आर्थिक बर्ष २०७०र७१ मा दुई करोड रुपैयाँ नाफा कमाएको थियो भने आव २०७१/७२ मा एक करोड ५० लाख रुपैयाँ र अघिल्लो आव २०७२/७३ मा कुल चार करोड नाफा कमाएको थियो ।
नेपालमा हवाई क्षेत्रको व्यापार कुल एक खर्बको भए पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कुल १० प्रतिशत मात्र हिस्सा ओगटेको छ । एयरवसको ए ३३० – २०० मोडेलका नयाँ जहाज निगमले ल्याएपछि नाफा र ब्यापार दुबै बढाउने निगमको योजना छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्