×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबारपनि नेपाल बन्द : कस्तो छ बन्दको प्रभाव ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शनिबारपनि नेपाल बन्द : कस्तो छ बन्दको प्रभाव ?

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

फाइल फोटो 
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण देशभारको जनजीवन प्रभावित भएको छ । विशेषगरी तराइका जिल्ला ठप्प भएका छन् । कन्चनपूर लगायतका जिल्लाहरुमा विहानैदेखि पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् भने देशका अन्य ठाउँमा पनि पार्टीले विभिन्न विरोधका कार्यक्रम राखेको छ । विहानैदेखि पार्टीका कार्यकर्ताहरुले विभिन्न स्थानका बजार ठप्प बनाएका छन् । शनिबार भएकाले पनि स्कुल, कल-कारखाना त ठप्प छ नै, तराइका जिल्लाहरुमा गाडीहरु चलेका छैनन् ।
काठमाडौँमा बन्दको प्रभाव देखिएको छ । यसो त पार्टीले आयोजना गरेको बन्दलाई हिजोदेखि परेको झरीले झन् साथ दिएको छ । यसैपनि शनिबार, त्यसमाथि पानी परेको दिन र त्यसमाथि पनि बन्द भएकाले सडकमा खास मान्छेको उपस्थिति छैन । अरु बेलाको बन्दभन्दा यसपालीको बन्दमा पार्टीलाई जनताले पनि बढी साथ दिएको देखिन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी