
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल र भारतको सीमा क्षेत्रमा अपराधिक र हिसात्मक घटनाहरु भइरहेकोले त्यस क्षेत्रमा भ्रमण नगर्न चीन सरकारले आफ्ना नागरिकलाई उर्दी जारी गरेको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा नजान र गएपछि उच्च सुरक्षा सतर्कता अपनाउन चीनले आग्रह गरेको छ ।
शुक्रवार नेपाल स्थित चिनियाँ दूतावासले एक बिज्ञप्ती जारी गर्दै नेपालको दक्षिणी क्षेत्रमा हिंसा भड्किएको उल्लेख गरेको छ । हिंसा भड्किएको क्षेत्रमा जाँदा सम्भावित घटना घटन सक्ने भन्दै सजग रहन चीनले आग्रह गरेको छ । मधेस केन्द्रीत राजनीतिक दलले गरेको आन्दोलनका क्रममा चीनको भण्डा चलाइएको थियो । चीनको झण्डा जलाएपछि मधेस केन्द्रीत दलप्रति चीन असन्तुष्ट बन्दै आएको छ ।
त्यसैगरी चीनको विदेश मन्त्रालयले पनि सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । कुनै पनि भ्रमणमा नाममा भारतीय सीमा क्षेत्रमा नजान र जानु परे नेपाल सरकारसँग समुन्वय गरेर जान आग्रह गरेको छ । पछिल्लो समय भारतको गतिविधिलाई चीनले पनि नजिकबाट नियालीरहेको छ । तर चीनले कुनैपनि औपचारिक प्रतिक्रिया भने दिने गरेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्