×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत्रको पहिलो दिन बजार भयो राताम्मै, ८.१४ अङ्कले घट्यो नेप्से

PRIME CA

चैत्रको पहिलो दिन बजार भयो राताम्मै, ८.१४ अङ्कले घट्यो नेप्से

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -लगानीकर्ता स्टान्डर्ड चार्टर्डको एफपीओतिर लागेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर परेको छ । बिक्री चाप बढ्दा मंगलबार नेप्से सूचक ८.१४ विन्दुले तल झरेर १३४७.०९ अंकमा आइपुगेको छ । पछिल्लो केही दिनयता नेपाल लाइफको एफपीओ र फरवार्ड कम्युनिटीको आइपीओ नपरेको पैसा फिर्ता हुँदा बजारमा सकारात्मक प्रभाव देखिएको थियो । तर मंगलबारदेखि ठूलो परिमाणमा चार्टर्डको एफपीओ खुलेकाले लगानीकर्ता त्यतातिर आकर्षित भएका हुन् । समग्रमा बजार ०.६० प्रतिशतले तल झरेको छ ।
पछिल्लो समय सेयर बजारलाई बढ्दो बैंक ब्याजदरले असर गर्दैआएको छ । अधिकांश बैंकले सेयर कर्जा पनि दिन छाडेका छन् । यसबाहेक बढ्दो हकप्रद र बोनसले पनि बजारमा सेयर आपूर्ति बढाएको छ । मंगलबार कुल १३७ कम्पनीको ५२ करोड ८५ लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले समग्र कारोबार रकम बढाएको हो । तर यो बैंकको संस्थापक सेयरमा पनि ठूलो संख्यामा म्याचिङ कारोबार भएको देखिन्छ । 
उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको सूचक ११।७२ विन्दुले तल झरेको छ । यसैगरी होटेल सूचक पनि २७।२ अंकले ओर्लिएको छ । कारोबार रकममा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । इन्भेस्टमेन्टको संस्थापक सेयर २१ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको हो । यसैगरी, कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा एसियन लाइफ इन्सुरेन्स र सानिमा बैंक परेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: