
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेयर बजारले बुधबार लगानीकर्तालाई खुशी बनाउने प्रयास गरेको छ । बजार सूचक ९.०४ अंकले बढेर १३५६.१३ विन्दुमा अडिएको छ । अघिल्लो सातादेखि बढ्नेक्रममा रहेको बजार तराईमा अशान्ति मच्चिएपछि फेरि केही अस्थिर बनेको थियो । १८८१ विन्दुमा पुगेर फर्किएको नेप्सेले अब मन्द गतिमा उकालो लाग्ने संकेत देखिएको छ । यद्दपि बजारको वास्तविक गति भने अझै पत्ता लागिसकेको छैन ।

स्टान्डर्ड चार्टर्डको एफपीओका कारण कतिपय लगानीकर्ता त्यतातिर केन्द्रित भएका छन् । बढ्दो हकप्रद र बोनस सेयर कारण सेयर आपूर्ति बढेको छ । यसलाई थेग्न सक्ने संस्थागत लगानीकर्ता छैन । सूचक माथि लागे पनि कारोबार रकम भने सामान्य नै छ । बुधबार कुल १२६ कम्पनीको ३६ करोड ८९ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएको छ ।
सबैभन्दा धेरै जलविद्युत समूहको सूचक ६२.१५ विन्दुले माथि लागेको छ भने बिमा समूह ३७.१७ विन्दु र वाणिज्य बैंक समूहको सूचक ७.६७ अंकले बढेको छ । कारोबार रकममा भने बुधबार पनि नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले वर्चस्व जमाएको छ । यो बैंकको संस्थापक सेयर ६ करोड ६१ लाख रूपैयाँभन्दा धेरैको किनबेच भएको हो । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा भने एसियन लाइफ इन्सुरेन्स र नेसनल लाइफ इन्सुरेन्स परेका छन् ।
कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्