Skip to content
LAXMI SUNRISE BANK

साताभरमा १२८ अंकले बढ्यो सेयर बजार, पाँच अर्ब ६९ करोडको कारोबार

अर्थ सरोकार

२४.८५ अंकको वृद्धिसँगै साताको सुरुवात गरेको सेयर बजारमा साताभर नै वृद्धि कायम रह्यो । हरेक दिन दोहोरो अंकले बढेको सेयर बजार विहीबार भने सामान्य ४.९६ अंकले बढेर बन्द भयो । गत साता १३५७.३४ अंकमा बन्द भएको सेयर बजार यो साता १४८६.०४ अंकमा पुगेको छ । जसअनुसार, यो साता सेयर बजार १२८.७ अंकले बढेको छ । गत साता सेयर बजार ९.८१ अंकले मात्रै बढेको थियो । 
कारोबारका हिसाबले पनि यो साता सेयर बजार सकारात्मक देखियो । बजारमा देखिएको निरन्तर वृद्धिले लगानीकर्तालाई उत्साहित बनायो । साताको पहिलो दिन ६८ करोडको मात्रै सेयर कारोबार भएको थियो । तर, आइतबार परिसूचक दोहोरो अंकले बढेको प्रभाव सोमबार कारोबार रकममा देखियो । लामो समयपछि सोमबार एक अर्बभन्दा बढीको कारोबार भयो । आइतबारको तुलनामा सोमबार बढी अंकले परिसूचक बढेपछि त्यसको प्रभाव मंगलबारको कारोबारमा देखियो । यद्यपि, मंगलबारदेखि परिसूचकको वृद्धिदरमा कमी आएसँगै बुधबार र विहीबार कारोबार रकम घट्यो । मंगलबार एक अर्ब ४२ करोड, बुधबार एक अर्ब ३६ करोड र विहीबार ९५ करोडको कारोबार भयो । समग्रमा साताभर, पाँच अर्ब ६९ करोड ५४ लाख ४० हजार एक सय ४८ रुपैयाँको कारोबार भएको छ । गत साता एक अर्ब ७९ करोड ३४ लाख ७२ हजार आठ सय २५ रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमको आधारमा यो साता नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको ३२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनसीसी बैंककोे २५ करोड २७ लाख हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकको २२ करोड ४ लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको २१ करोड ८६ लाख ३० रुपैयाँ र सानिमा बैंकको २१ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साता प्रायः लघुवित्त र बीमा कम्पनीका सेयरधनीले धेरै कमाएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK