×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइबीएल क्यापिटलका सीइओ जाँडले फिट्टू भएर मान्छे कुट्दै हिँडेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआइबीएल क्यापिटलका सीइओ जाँडले फिट्टू भएर मान्छे कुट्दै हिँडेपछि…

Artha Sarokar

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाबुचाहिँ रक्सी छुँदै नछुने, अर्बौं सम्पत्तिको मालिक भनेर के गर्नु ? छोरो जाँडले फिट्टु भएर रात बिरात साथीलाई पिट्दै हिँडने । यस्तो भएको नेपालकै चर्चित इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेका छोरा सिवान्तको हकमा । शुक्रबार ललितपुर पुल्चोस्थित नयाँ सुपरमार्केट लबिम महलभित्र अवस्थित लेभल थ्री रेस्टुरेन्ट एण्ड बारमा भएको एउटा कुटपिटलाई सहमतिमा गुपचुप मिलाइएको छ ।
ललितपुर प्रहरीले मध्यराति १२ बजेको उक्त घटनासम्बन्धमा भोलिपल्ट सोधपुछ शुरु गरे पनि कारबाही प्रक्रिया भने अघि बढ्न पाएन । दुई मीनेटको सिसिटीभी फुटेज देखाएपछि इन्भेष्टमेन्ट बैंकको क्यापिटल मार्केटको सिइओ सिवान्तले गल्ती महसुश गर्दै माफी मागेका छन् । आफ्नै प्रेमिकासँग रात्रिकालीन शयरमा निस्केका सम्राटनर सिंह राणालाई सिवान्तले घोक्रो समात्ने क्रमबाट झडप सुरु भएको थियो । 
हुनेवाला श्रीमतीलाई जथाभावी बोलेको र कानसमेत फुक्ने गरेको देखेपछि अग्लो ज्यानका सम्राटले सिवान्तलाई भुइँमा थचारिदिएको बताइन्छ । पुरानै चिनजानका ती युवती र सँगै गएका पवन पाण्डेले छुट्याएका कारण घटनाले उग्ररुप लिन पाएन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी