
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – एनआइसी एसिया बैकले पुँजी बजारसँग सम्बन्धित काम गर्ने गरि सहायक कम्पनी सञ्चालनमा ल्याएको छ । एनआइसी एसिया क्यापिटल लिमिटेडमा बैंकको सत् प्रतिशत लगानी छ ।
कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ तोकिएको छ। बैंकको पूर्ण होल्ड रहने भएकाले नयाँ कम्पनीको सेयर सर्वसाधारणमा जारी हुँदैन । कम्पनीको उद्घाटन नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीले गरेका छन् ।
एउटा ठूलो संस्था भइसकेपछि एउटै छानोबाट सम्पूर्ण वित्तीय सेवा दिने उद्देश्यले नयाँ कम्पनी खोलिएको हो, माउ कम्पनी एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी लक्ष्मण रिसालले भने, नयाँ कम्पनीले सेयरको निस्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको काम गर्ने छ ।
कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको पनि काम थाल्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्