×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निदाएको सरकार कहिले उठ्छ ?

PRIME CA
GLOBAL IME BANK

निदाएको सरकार कहिले उठ्छ ?

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

फोटो : फेसबुक 
  • सुमन डंगोल
देशका जनता राती सुत्न सकेका सकेका छैनन् । सीमामा देश दुखेको छ । दिन दहाडै नेपाली मारिएका छन् । तर कुनै आम सभामा गोली चलाउने आदेश दिने सरकार सीमामा नेपाली मारिंदा गोली चलाउने आदेश दिन्दैना । भारतीय प्रहरीले नेपाली मारिरहँदा टुलुटुलु हेरिरहेको छ । देशका लागि लड्नेहरुका प्रति उसले केहि गर्न सकेको छैन । तर पनि सरकार सुतीरहेको छ । आखिर निदाएको सरकार कहिले उठ्छ ? 
कञ्चनपुरको आनन्दबजारमा नेपाली भूमिमै आएर नेपाली मारिएपछि घटनाले चर्को रुप लिएको छ । देशभर त्यसको विरोध भएको छ । तर नालायक सरकारले मुख खोलेको छैन । गोलीकाण्डलाई लिएर संसदमा प्रमुख राजनीतिक दलहरुले सरकारसँग जवाफ मागेका छन् । तर पनि सरकार बोलेको छैन । सरकार जागा छैन ।घटनाका सन्दर्भमा भारतीय दूतावासले अचम्मको विज्ञप्ति जारी गरेको छ । तर निरिह सरकार त्यसको विरोध गर्न पनि सकेको छैन ।

व्यवस्थापिका संसदको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भीम रावलले यत्रो घटना हुँदा सरकारले सामान्य झारा टार्ने विज्ञप्ति जारी गरेर संसदलाई समेत उपेक्षा गरेको बताईरहेका थिए । उनले भारतीय पक्षबाट क्षतिपूर्ति दिलाउन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका थिए । के अपिल गर्थ्यो र भारतकै भरमा टिकेको यो ‘जोइटिङग्रे’ सरकारले । एसएसबीबाट नेपालको भूमिमा पसेर देशभक्त नेपालीको हत्या हुँदा पनि पहल नगर्ने यस्तो सरकारको के काम भयो र ? 
संसदमा समेत सरकारको तीब्र आलोचना भएको छ । विशेष समयमा बोल्दै नेपाली कांग्रेसका कञ्चनपुरकै सांसद तारिणीदत्त चतौटले नेपालभित्र पसेर भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेको बताएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद अग्नि प्रसाद सापकोटाले कञ्चनपुर घटनाबारे सरकारको विज्ञप्ति प्रष्ट हुन नसकेको बताएका छन् । 
फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले कञ्चनपुरमा भारतले अनावश्यक बल प्रयोग गरेको भन्दै क्षतिपूर्तिका लागि पहल हुनुपर्ने बताएका छन् । नेपाल मजदूर किसान पार्टीकी अनुराधा थापा मगरले भारतले नेपाल र नेपालीलाई कहिल्यै चैनसँग बस्न नदिएको भन्दै कञ्चनपुर घटना त्यसैको निरन्तरता भएको बताएकि छिन् । तर सरकार अझै सुतीरहेको छ ।
आखिर निदाएको सरकार कहिले उठ्छ ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: