
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाने भएका छन् ।
इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका बताइए पनि सप्तरी घटनामा मधेशी जनतालाई मारेपछि उत्पन्न कठीन परिस्थिति र आगामी दिनमा भारतको पक्षमा आफूले चाल्नुुपर्ने कदमको बिषयमा सल्लाह गर्न त्यसतर्फ जान लागेका स्रोतहरुले बताएका छन् ।
भारतमा निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने बुझिएको भन्दै नेपाल समाचारपत्रले खबर छापेको छ ।
निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने उनका प्रेस संयोजक रामजी दाहालले जनाएका बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्