
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नयाँ सन्धि सम्झौता नहुने भएको छ । प्रधानमन्त्रीको भ्रमण त्यहाँका राष्ट्रपति सि जिङ पिङसँगको भेटघाटमा सीमित हुने भएको हो । चीनका प्रधानमन्त्री र विदेशमन्त्री देश बाहिर रहेकाले कुनै समझदारी नहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
बुधबार परराष्ट्रमन्त्री प्रकाशशरण महतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणमा चीनसँग नयाँ सम्झौता नहुने प्रष्ट पारे । चिनियाँ पक्षसँग कुनै सन्धि, सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छैन, परराष्ट्रमन्त्री महतले भने, चिनियाँ प्रधानमन्त्री र विदेश मन्त्री चीन बाहिर रहेकाले हाम्रो तयारीका बाबजुद पनि हस्ताक्षर हुनेछैन । प्रधानमन्त्री प्रचण्ड बिहीबार राति सबा ११ बजे चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीले बोआओ फोरम फर एसियाले गर्ने बोआओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्