×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निधि र कमल थापाको विवादले प्रधानमन्त्रीको चीन भ्रमण सरकारबाट स्वीकृत भएन

LAXMI SUNRISE BANK

निधि र कमल थापाको विवादले प्रधानमन्त्रीको चीन भ्रमण सरकारबाट स्वीकृत भएन

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

 काठमाडौं – गृहमन्त्री विमलेन्द्र निधि र स्थानीय विकास मन्त्री कमल थापाबीच बरिष्ठताको विवाद चर्केपछि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत गराउन सकेनन् । चीन भ्रमणका ऐजेण्डाहरु पारित गराउन प्रधानमन्त्री दाहालले बुधबार २ पटक मन्त्रीपरिषदको बैठक बोलाएका थिए । विहान नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो भने साँझ राप्रपा र कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु उपस्थित भएनन् ।
प्रधानमन्त्री दाहालले नयाँ आइजीपी नियुक्ति र चीन भ्रमणका दुई एजेण्डा बनाएका थिए । कांग्रेसबाट प्रतिनिधत्व गर्ने मन्त्रीहरु अनुपस्थित भएपछि दुवै एजेण्डा छलफलमै आउन सकेनन् । प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण आफैले स्वीकृत गरेका छन् । पछि मन्त्रीपरिषदबाट स्वीकृत गर्ने गरी अहिले प्रधानमन्त्रीज्युले स्वीकृत गर्नु भएको छ, कानुन तथा न्यायमन्त्री अजयशंकर नायरले भने ।
गृहमन्त्री निधि र स्थानीय विकासमन्त्री थापाले कार्यबहाक प्रधानमन्त्री दावी गरेपछि मन्त्री परिषदको बैठक बस्न नसकेको हो । निधि र थापा दुवैले वरिष्ठताको दावी गरेपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका छन् । दुई दिनअघि निधिलाई मनाउने कोशिस प्रधानमन्त्री दाहालले गरेका थिए । तर निधिले नमानेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले बताए । उता वरिष्ठ उपप्रधानमन्त्री निधिलाई नै बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहाललाई निरन्तर दवाव दिइरहेका छन् । निधि र थापाको विवादपछि प्रधानमन्त्री दाहाल उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई कार्यबहाक प्रधानमन्त्री छोड्ने मनसायमा पुगेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी