
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताएका छन् । बिहीबार कञ्चनपुरको पुनर्बासमा भारतीय सीमा सुरक्षा बल एसएसबी को आक्रमणमा परी गोविन्द गौतमको मृत्यु भएकोबारे ध्यानाकर्षण गराउन ज्ञापनपत्रसहित आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले बाह्य हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
‘नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, प्रधानमन्त्रीले भने, हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन । साथै उनले कञ्चनपुर घटनालाई सरकारले ध्यान नदिएको भनेर गलत प्रचार गरिएको गुनासो गरे । ‘कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो । घटना घटेलगत्तै भारतीय दूतावासका कर्मचारीलाई बोलाएर मैले घटनाको अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको छु,’ उनले भने ।
परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको तथा गृह र परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट जानकारी प्रधानमन्त्रीले गराए । घटनाबारे आफू जानकार रहेको बताउँदै उनले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताए । ‘त्यहाँको स्थितिबारे मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु, प्रधानमन्त्रीले भने, गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्