
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारलाई सात दिने अल्टिमेटम दिन बालुवाटार पुगेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार ढालेर केपी ओली नेतृत्वको सरकार ल्याउन खोजेको भन्दै प्रश्न राखेका छन् ।
बुधबार मधेसी मोर्चाका नेताहरु ८ बुँदे माग लिएर बालुवाटार पुगेका थिए । स्थानीय निकायको निर्वाचन फिर्ता लिनु पर्ने, संविधान संशोधन गर्नु पर्ने जस्ता माग बोकि मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्रीलाई भेटन सरकारी निवासमा पुगेका थिए । मधेसी मोर्चाका मागहरु बुझेपछि प्रधानमन्त्रीले जवाफ दिए, ‘स्थानीय निकायको निर्वाचन भन्दा पहिले चाहेर पनि संविधान संशोधन हुन सक्दैन, यो तपाईहरुलाई पनि थाहा छ, तरपनि बुझ पचाइरहनु भएको छ ।’
सरकारलाई दिएको समर्थन फिर्ता लिने आफुहरुले निर्णय गरेको मोर्चा नेता उपेन्द्र यादवले बताएका थिए । ‘यो कुनै बार्गेनिड होइन, तपाईलाई जानकारी हो, हामी तपाईलाई दिएको समर्थन सात दिनपछि फिर्ता लिदैछौ ।’
उपेन्द्रको भनाईमा प्रधानमन्त्रीले कडा जवाफ फर्काएका थिए, ‘यो सरकार ढालेर फेरी मधेसीलाई गोली हान्ने सरकार ल्याउन चाहानुहुन्छ रु ’ भन्दै प्रतिप्रश्न गरेका थिए । दाहालले बरु प्रधानमन्त्री पदबाट राजीनामा दिने तर आफ्नो बाचाबाट पछि नहट्ने बताए । प्रधानमन्त्रीले उपेन्द्रलाई भने ‘यो सरकार ढालेर फेरी ओली सरकारनै ल्याउन खोज्नु भएको छ भने मेरो केही भन्नु छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्