×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले बोलाए सबै पूर्व प्रधानमन्त्रीहरुलाई बालुवाटार

LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डले बोलाए सबै पूर्व प्रधानमन्त्रीहरुलाई बालुवाटार

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । चीन भ्रमणमा जानुअघि उनले आफ्ना एजेण्डामा छलफल गर्न र सुझाव माग्न बालुवाटामा बोलाएका हुन् । उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्रीले बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने भएका छन् ।
चीनमा रहँदा प्रधानमन्त्री दाहालले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उनीहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०/१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सो क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुने विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा प्रतिनिधिसँग बहुपक्षीय एवम् द्विपक्षीय बैठकसमेत हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनुपर्ने विविध विषय आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ । बिहीबार बिहान ९ बजे बालुवाटारमा हुने पूर्वप्रधानमन्त्री र विज्ञको बैठकमार्फत सुझाव लिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी