×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस,विमानस्थलमा उपप्रधानमन्त्रीद्धय थापा र निधिको प्रतिष्पर्धा

LAXMI SUNRISE BANK

हेर्नुहोस,विमानस्थलमा उपप्रधानमन्त्रीद्धय थापा र निधिको प्रतिष्पर्धा

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बिहिवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका दुई मन्त्रीहरुले गाइजात्रा देखाए । यसरी त्यहाँ गाइजात्रा देखाउने दुई मन्त्री थिए उपप्रधानमन्त्रीद्धय कमल थापा र विमलेन्द्र निधि । यी दुईबीच प्रधानमन्त्री प्रचण्डको विदाईको क्रममा अगाडि पर्ने प्रतिष्पर्धा नै चल्यो ।
हिजो राती प्रधानमन्त्री प्रचण्ड चीनतर्फ प्रस्तान गर्नुपूर्व विमानस्थलमा बिदाई गर्न जाँदा पुगेका उपप्रधानमन्त्रीद्धय निधि र थापाबीच यस्तो सम्म प्रतिष्पर्धा भयो कि दुवै प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रहन अघि सरे । कहिले थापा अघि,कहिले निधि । दुवैलाई प्रधानमन्त्रीपछि आफू नै ठूलो हो भन्ने लागेपनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कसैले नपाएसँगै दुबै उपप्रधानमन्त्रीद्धय हिस्स बूढी खिस्स दाँत भनेझैको अवस्थामा छन ।
साधरणतयाःप्रधानमन्त्री विदेश भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्री तोक्ने चलन छ । वरियताक्रममा प्रधानमन्त्रीपछिको मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुपर्ने हो । तर यसपटक उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाबिच को ठूलो भन्ने विवादले प्रधानमन्त्री पुष्पकमल दाहाल कसैलाई कार्यवाहक नतोकी चीन भ्रमणमा निस्किएका हुन । निधि र थापा दुवैले कार्यवाहकको दावी गरेपछि प्रधानमन्त्री प्रचण्ड चेपुवामा परेका थिए ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी