×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्करहरु मेरै कोशिसले गर्दा प्रकाउ परेका हुन् : प्रधानमन्त्री प्रचण्ड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तस्करहरु मेरै कोशिसले गर्दा प्रकाउ परेका हुन् : प्रधानमन्त्री प्रचण्ड

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा तस्करको नेटवर्क धेरै पुरानो रहेको उल्लेख गरेका छन । यो सरकारको पालामा धेरै तस्कर पक्रियौं । मैले लगातार नै कोशिस गरेपछि नै तस्करहरु पक्राउ परेका छन् ।
 हामी तस्करीको मुल जरोमा पुगेर नै त्यसलाई निमिट्यान्न पार्न खोजेका छौं, त्यसमा सरकार सफल हुँदैछ । यो सरकारको सुशासनकै पहल हो । प्रहरी प्रशासनभित्र असाध्यै इमान्दार राष्ट्रसेवक छन्, एकाध नराम्रा मान्छे भए भन्दैमा सबैलाई दोष दिन मिल्दैन ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने सीधा कुरा प्रधानमन्त्रीसँगमा अन्र्तर्वाताको क्रममा प्रधानमन्त्री दाहालले बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको उल्लेख गरे । स्थानीय निर्वाचनको अनुभव र उत्साहका आधारमा आगामी कार्तिक वा मंसीरभित्र प्रदेश र केन्द्रको निर्वाचन गरिसक्ने समेत प्रचण्डले बताएका छन ।
मौसमका कारण पनि पौष र माघ महिनामा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्री दाहालको तर्क छ । २०७४ माघ ७ मा संसदको म्याद थप्ने कुरा कल्पना समेत गर्न नसकिने बताँउदै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री भएदेखि नै थारु, मधेशी र जनजातिका मुद्दा अधिकतम् सम्बोधन गर्ने प्रयास गरेको समेत बताए ।
राप्रपाका नेताहरुले औपचारिक रुपमै संशोधन प्रस्तावको पक्षमा भोट हाल्न सक्दैनौं भनेपछि हामीले संशोधन विद्येयक मतदानमा लान नचाहेको हो । किनकि, त्यसरी जाँदा संशोधन फेल हुन्छ । हामी त्यो चाहँदैनौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: