
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले तराई मधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटक(पटक दिएको निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा फायर खुलेको छ ।
माओवादी केन्द्रीय कार्यालयको बैठक बसिरहँदा प्रधानमन्त्री दाहालले गोली नचलाउन गृहमन्त्री निधिलाई कडा निर्देशन दिँदादिँदै एक्कसि गोली प्रहारबाट आन्दोलनकारीको ज्यान गएको घटना जानकारीमा आउनेबित्तिकै गृहमन्त्री निधिलाई टेलिफोन सम्पर्क गरी प्रश्न गर्दा रहस्य खुल्न गएको हो ।
सप्तरीमा गोली नै चलाउनु पर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ठाडो आदेशु दिएको रहस्य खुलेलगत्तै माओवादी केन्द्रका नेता बैठकमै स्तब्ध भएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ५ बजेदेखि ८ बजेसम्म बसेको केन्द्रीय कार्यालय बैठकमा गृहमन्त्रीको शंकास्पद व्यवहारु बारे गम्भीर छलफल भएको सहभागी एक नेताले जानकारी दिए ।
उक्त बैठकभित्र गृहमन्त्री निधिको बर्खास्तगीको समेत विषय प्रवेश पाएको छ । तर, गृहमन्त्री निधि कैलालीमा रहेका कारण प्रधानमन्त्री दाहालले एकपटक प्रत्यक्ष भेटेर कुराकानी गर्ने अनिमात्र थप निर्णयमा पुग्नेछन्, स्रोतले भन्यो । सप्तरीमा त्यत्रो घटना हुँदा गृहमन्त्री निधिलाई बोलाइए पनि उनी काठमाडौं आएनन् ।
प्रधानमन्त्रीज्यूले गृहमन्त्रीलाई फोन गरी मेरो कडा निर्देशन हुँदाहुँदै किन गोली चलाउन निर्देशन दिनुभयो भनेर प्रश्न गर्दा सुरुमा त गृहमन्त्रीले जवाफ दिन आनाकानी गर्नुभयो, सहभागी एक नेताले भने, तर प्रधानमन्त्रीले र्याखर्याख्ती पारेपछि मात्रै गृहमन्त्रीले घुँडामुनि गोली चलाउन निर्देशन दिएको तर, टाउकोमा नै हानेछन् भन्ने जवाफ दिनुभयो । गृहमन्त्री निधिको त्यस्तो जवाफपछि प्रधानमन्त्री दाहाल टेलिफोनमै झोक्किएका थिए । नागरिक दैनिकबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्