
काठमाडौं – नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक विदा दिने प्रस्ताव नल्याएपछि ०७४ सालमा दिइने सार्वजनिक पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ ।
गृहमन्त्रालयको सो प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि सो प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो । एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि सो प्रस्ताव पारित नभएको हो ।
गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो। गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
गृहमन्त्रालयको प्रस्ताव अनुसार मजदुर दिवस बैशाख १८ गते सोमबार,गणतन्त्र दिवस जेठ १५ गते सोमबार,निजामति सेवा दिवस भदौ २२ गते बिहीबार, संविधान दिवस असोज ३ गते मंगलबार,अन्तराष्ट्रिय अपाङग दिवस मंसिर १७ गते,शहीद दिवस माघ १६ गते मंगलबार,राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते बिहीबारका लागि प्रस्ताव गरिएको छ ।
गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा वुद्ध जयन्ती बैशाख २७ गते बुधवार, श्रीकृष्ण जन्माष्टमी साउन ३० गते सोमबार, नेपाली सिख धर्मालम्बीले मनाउने गुरु नानक जयन्ती कात्तिक १८ गते शनिवार,किराँत धर्मालम्बीले मनाउने फाल्गुनन्द जयन्ती कात्तिक २५ गते,जैन धर्मालम्बीले मनाउने महावीर जयन्ती चैत १५ गते र चैत ११ गते रामनवमी निर्धारण गरिएको उल्लेख छ ।
प्रस्तावमा विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरुलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्