Skip to content

स्थानीय तहको चुनावसम्म केन्द्रीय नेतृत्वले अनुशिक्षण कार्यक्रम गर्ने

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

 काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावको प्रचार तथा अनुशिक्षण कार्यक्रम केन्द्रीय नेतृत्वले सञ्चालन गर्ने भएको छ ।
पार्टीले सोही प्रयोजनका लागि अहिलेसम्म करिब ५० जिल्लामा केन्द्रीय नेतृत्वलाई खटाइसकेको छ । पार्टीले बाँकी २५ जिल्लामा बिहीबारसम्म केन्द्रीय टोली खटाइसक्ने र निर्धारित बैठक समापन गर्ने योजना तयार गरेको पार्टीले जनाएको छ ।
नेता राजाराम श्रेष्ठका अनुसार आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई मध्यनजर गरेर पार्टीले देशका ७५ वटै जिल्लामा बिहीबारसम्म ९यही चैत १० गतेभित्र० जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ ।
नयाँ संविधान जारी भएपछि सो अनुसार पार्टीको स्थानीय तहका सबै एकाई व्यवस्थित गर्ने कार्यक्रम भएको पार्टीले जनाएको छ । देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीका राजनीतिक उद्देश्य जनतालाई बुझाउनका लागि केन्द्रीय नेता तथा काठमाडौँ उपत्यकाबाहिरका केन्द्रीय सदस्यलाई काठमाडौं  छाड्न पार्टीले निर्देशन दिएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीमा अहिले पदाधिकारी तथा केन्द्रीय सदस्यले स्थानीय तहको चुनावसम्म सम्बन्धित जिल्लामा राजनीतिक क्रियाकलाप सञ्चालन गरी सङ्गठन सुदृढीकरण गर्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्