×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी साबुन प्रयोग गर्नुहुन्छ भने होसियार ! (कारण, तथ्य र प्रमाणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी साबुन प्रयोग गर्नुहुन्छ भने होसियार ! (कारण, तथ्य र प्रमाणसहित)

२१ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आफुले बजारमा ल्याउन लागेको नयाँ साबुनको प्रचार गर्न युनिलिभर नेपालले केहि समयअघि भ्रामक विज्ञापन छापेपछि त्यसको चर्को विरोध भएको थियो । नांगा साबुनमा बोसो हुने र त्यसले स्वास्थ्यमा प्रतिकुल असर गर्ने आसयका विज्ञापनहरु छापेको युनिलिभर लिमिटेडले उद्पादन गरेका अधिकांस साबुनहरु स्वास्थ्यलाई असर गर्ने खालको भएको खुलासा भएको छ ।  
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि स्वास्थ्य विशेज्ञहरुले यस्तो बताएका हुन् । नांगा साबुनसम्बन्धि भ्रामक विज्ञापन छापिएपछि डाक्टरहरुलाई आएका केहि प्रश्नहरुको ती डाक्टरहरुले खुलेआम उक्त कम्पनीले उत्पादन गरेका साबुनहरुमा बोसो नभएपनि खतरनाक केमिकल हुने बताएपछि कम्पनीले यस्तो बताउने केहि डाक्टरहरुलाई पनि आफ्नो प्रभावमा पार्न खोजेको थियो । 
आफ्नो नाम नबताउने सर्तमा कोटेश्वर निवासी एक छाला विशेषज्ञ भन्छन्, ‘उक्त विज्ञापन छापिएपछी मलाइ धेरैले यसबारे सोध्नुभयो । मैले खुलेर लक्स, लिरिल डोब, लाइफबोएजस्ता साबुनहरु प्रयोग नगर्न सल्लाह दिएपछि मलाइ ठुलै नेताले फोन गरी त्यस्तो सल्लाह कसैलाई नदिन र मेरै पेसेन्टले कम्पनीमा यो डाक्टरले यस्तो भन्दै हिडेको छ भनेपछि आफुलाई गाह्रो भएको भन्दै त्यसो नभन्न आग्रह गरेका थिए । उनका अनुसार कहिले उनलाई कम्पनीको मान्छे हो यस्तो कुरा आफ्ना पेसेन्टलाई भने जे पनि हुन सक्ने भन्दै थर्काएका समेत थिए ।      
‘किन प्रयोग नगर्ने लिरिल, डोव, लक्स र लाइफवोए ?’
उनका अनुसार यी साबुनहरुमा प्रयोग भएको कास्टिक सोडा र उच्च पिएच लेभलले छालालाई हानी गर्छ । ‘लक्स त प्रयोग गर्नु निकै हानीकारक छ । यसमा कास्टिक सोडाको प्रयोग बढी छ । यसले छालालाई तत्काल मुलायम जस्तो बनाएपनि यसले छालामा दुर्गामी असर गर्छ भने विभिन्नखाले अन्य रोगहरुपनि लाग्न सक्छन् । साबुन उही ब्रान्डको भएपनि नेपालमा उत्दापदन हुने यी साबुनहरुमा हानिकारक केमिकल बढी हुन्छ ।’ उनका अनुसार लाइफवोए नामको साबुनको विशेषगरी बच्चाहरुलाई लक्षित गर्दै बनाइएका विज्ञापनहरुमा सरकारले ध्यान दिन जरुरी छ । ‘लाइफबोएमा निकै हानीकारक केमिकल हुन्छ । यस्तो साबुनको प्रयोग बच्चाहरुलाई गर्न उत्साहित गर्ने विज्ञापनहरुबारे किन सरकार बोलेको छैन, थाहा छैन ।    
यसरी गर्छ लाइफबोए, लक्स र लिरिलजस्ता साबुनले हानी :
उनका अनुसार यी साबुनमा प्रयोग भएको कास्टिक सोडा यस्ता केमिकल हुन् जसले फलामको बाहिरी सतहमा टाँसिएको कडा फोहोर रुपी लयर पनि हटाउन सक्ने क्षमता राख्छ । ‘फलामको लेयरसमेत हटाउन सक्ने केमिकल राखिएको साबुनले स्वास्थ्यमा कति असर गर्ला, आफैं सोच्नुहोस् त ! यो केमिकल भनेको फलाम सफा गर्न प्रोयोग हुने केमिकल हो । हाम्रो शरीर भनेको निकै नै मुलायम हुन्छ । लिरिल, लक्स, लाइफवेए, डोवजस्ता साबुन त नेपालमा ब्याण्डनै हुनुपर्ने हो । 
त्यसमाथि भारतमा उत्पादन भएका साबुनहरु ‘क्वालीटी’का हुन्छन् । नेपालमै प्रयोग भएका साबुनको गुणस्तर निकै कम हुन्छ । र यस्ता खतरनाक केमिकल बढी प्रयोग भएको हुन्छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । उनी भन्छन्, तपाईंले लिरिल, लक्स वा लाइफवेएले नुहाएर घाममा बस्नुभयो भने, एक खालको सेतो पदार्थ आफ्नो जिउमा देख्नुहुनेछ । त्यो कास्टिक सोडा हो । त्यो शरीरका लागि निकै हानिकारक हुन्छ ।’ उनले भने ।    

यी साबुनमा हुन्छ अत्याधिक एसिड, छालालाई यसरी गर्छ हानी:
‘यी साबुनहरुमा उच्च पीएच लेवल हुन्छ । पीएच  भनेको पोटेन्सियल अफ हाइड्रोजन हो । यो भनेको एसिडको मात्रा हो । यी साबुनहरुमा एसिडको मात्रा निकै बढी हुन्छ ।’ उनका अनुसार यो एसिडले छालामा निकै असर गर्छ । उनी अगाडी भन्छन्, ‘एसिड छ्यापेर मुहार खत्तम भएको हामीले सुनेका छौं । ‘एसिड भनेको सबै उस्तै हो। मात्र मात्रामा फरक हुने हो । यी साबुनहरुमा पनि त्यस्तै हानीकारक एसिड हुन्छन् । छालामा हुने कतिपय खालका भिटामिन पनि उक्त एसिडले हटाइदिन्छ । 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: