
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सगरमाथा फाइनान्सले फागुन २६ देखि ८ लाख ८७ हजार ४६३ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समूहको ७ लाख २० हजार ३१८.८३ कित्ता सेयर र सर्वसाधारण समूहतर्फको एक लाख ६७ हजार १४४.१७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने चैत २ गतेसम्म तोकिएको छ ।
फाइनान्सले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बेच्न लागेको हो । यसअधि सगरमाथाले पुस ११ देखि माघ १७ गतेसम्म २९ लाख ५४ हजार तीन सय ८९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
आवेदकले एनआइबीएल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाट काठमाडौं तथा सगरमाथा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय मानभवन ललितपुरबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
सगरमाथाको यस लिलामीमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । दुवै समूहको बोलपत्र चैत ४ गते दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा खोलिनेछ । हाल सगरमाथाको चुक्ता पुँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सगरमाथाले पाँच करोड ६१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४३ पैसा बार्षिकीकरण रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ८३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्