×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवसायीको दबाबपछि भक्तपुरमा रोकियो साझा बस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यातायात व्यवसायीको दबाबपछि भक्तपुरमा रोकियो साझा बस

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – यातायात व्यवसायी महासंघलगायत जिल्लाका व्यवसायीहरूको विरोधका कारण साझा यातायातले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको छ। व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट इजाजत रोकिएको हो । भक्तपुरका राम्रो सडकमा मात्र नभाई ग्रामीण भेकमा समेत साझा सञ्चालनमा ल्याउनुपर्नेलगायत विभिन्न माग राखी यातायात व्यवस्था विभागमा उजुरी दिएपछि परमिट रोकिएको हो । 
महासंघका महासचिव सरोज सिटौलाले साझाले नागरिकलाई सेवा दिन नभई नाफा खोज्न भक्तपुरमा सेवा सञ्चालन गर्न खोजेको आरोप लगाए। ‘साँच्चिकै सर्वसाधारणलाई सेवा दिने हो भने पहिला भक्तपुरका ग्रामीण क्षेत्रमा सञ्चालन गरेर देखाऊ’, उनले भने, नत्र इजाजत दिए ग्रामीण भेगमा सेवा ठप्प पार्छौं ।’  साझाले भक्तपुरमा सेवा सञ्चालनका लागि विभागमा फागुन ३० गते निवेदन दर्ता गराएको थियो । कानुनी प्रक्रिया पुर्याएर निवेदन दिँदा पनि विभागले स्वीकृति नदिएको साझाको भनाइ छ ।
विभागअन्तर्गत सानाठूला सवारी कार्यालय वागमतीका प्रमुख वसन्त अधिकारीले विवाति रुटमा त्यसै अनुमति दिँदा शान्ति सुरक्षा भंग हुने भएकालेले रोकेको बताए। ‘यातायात व्यवसाय ऐनमा रुट परमिट दिने सवालमा विवाद भए यातायात व्यवस्थापन समतिका अध्यक्ष प्रजिअसँगको परामर्शमा मात्र अनुमति दिनुपर्ने प्रावधान छ’, उनले भने, उजुरी परेको र रुट माग्न आएको अवस्था सबै उल्लेख गरी जिल्ला प्रशासनमा पत्र पठाइसकेका छौं । प्रजिअले उपयुक्त समय राख्छौं भन्नुभएको छ ।’ उनले सातादिनभित्र परमिटको विवाद टुंगो लाग्ने दाबी गरे ।  उनले पहिला पनि साझाको नाममा भक्तपुरमा परमिट जारी भइसकेको बताए ।
 ‘नविकरण गर्ने हो अथवा नयाँ रुट जारी गर्ने हो साझासँग बुझ्न बाँकी छ’, उनले भने, साझा बस सञ्चालन गर्न नयाँ रुटमा समस्या नभए पनि पुरानो ठिमी आवगमनमा कस्तो अवसर पर्छ भन्ने विषयमा प्राविधिकहरूले हेर्न बाँकी छ । यसका लागि २÷३ दिनमै प्राविधिक खटाउँछौं ।’ साझा यातायातका कार्यकारी प्रमुख महेन्द्र पाण्डेले भने सम्पूर्ण कागजात पेश गरिसकेकाले  विभागले चाँडो स्वीकृति दिनुपर्ने बताए । ‘नयाँ रुट परमिट मागेका हौं’, उनले भने ‘पुरानो नविकरण होइन । यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी