×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंमा ९औ बार्षिक ग्लोबल जिएबिभि सम्मेलनको उद्घाटन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा २०७३ फागुन २४ गते हायात होटल, काठमाडौंमा नवौं बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको उद्घाटन कार्य सुसम्पन्न गरिएको छ । एफएमओसँग सहकार्य गर्दै आएको एनएमबि बैंक जिएबिभि सम्मेलनको आयोजक सदस्य हो । एशिया, अफ्रिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपका २८ राष्ट्रहरुमा दिगो वित्तिय संस्थाहरु संचालन गरिरहेका ४३ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा बरिष्ठ अधिकारीहरु लगायत १२० जना सहभागीहरुले सम्मेलनमा सहभागीता जनाएका छन् । 
काठमाडौंमा फागुन २४ गतेदेखि ३ दिनसम्म चल्ने उक्त सम्मेलनमा सहभागीहरुले दक्षिण पूर्वी एशियामा मूल्य मान्यतामा आधारित बैकिंङ्गको उपलब्धि र चुनौतीहरुका बारेमा एनएमबि बैंकद्वारा जानकारी लिनेछन् । नेपाल सम्मेलनमा देशका उच्च ओहदाका महत्वपूर्ण व्यक्तित्वहरु, माननीय मन्त्रीज्यूहरु, राष्ट्र बैंकका गभर्नर, नायब गभर्नरहरु, वित्तिय संस्थाका अध्यक्षहरु, उच्च प्रशासकहरु र अन्य सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो ।
सम्मेलनले स्थानीय समुदायहरुको आत्मनिर्भरतालाई पनि लक्षित गर्नेछ । जिएबिभिका सम्पूर्ण सदस्यहरुले आफ्नो कार्यक्रम स्थानीय समुदायहरुलाई उकास्न तथा वातावरणीय संरक्षण गर्दै स्थानीय उद्यमीहरुलाई सहयोग गर्नमा नै केन्द्रित गर्दै आइरहेका छन् । 
बितेको दुई दशकदेखि एनएमबि बैंकले आत्मनिर्भर नेपाल भन्ने आफ्नो प्रतिबद्धता अनुरुप आफ्ना कार्यक्रमहरुलाई आत्मनिर्भरताको क्षेत्रमा केन्द्रित गर्दै आएको छ भने स्थानीय समुदायहरुलाई सहयोग पुग्ने खालका विभिन्न योजनाहरुमा लगानी गर्दै आएको पनि छ । यस सम्मेलनबाट जिएबिभिका सदस्य बैंकहरुले बैंकहरु नाफा आर्जनको लागि मात्र चलेका नभई मुल्य मान्यतामा आधारित बैकिंङ्ग कारोबार पनि गर्दछन् र स्थानीय समुदायहरुका लागि काम गर्ने बैंकहरु पनि छन् भनेर उदाहरण प्रस्तुत गर्न सकिने विश्वास लिएका छन् ।
३ दिनसम्म चल्ने यस सम्मेलनले सहभागीहरुका लागि स्थानीय समुदायमा मुल्य मान्यतामा आधारित बैकिंङ्गको सफलताको बारेमा जानकारी प्रदान गर्न प्रमुख कार्यकारी अधिकृतहरु बीचको छलफल, नियमनकारी संस्था, मानव संशोधन विकास समुह, सल्लाहकार समितिको र लिडरशिप एकेडेमीका युवा बैंकरहरुको समुह सम्बन्धमा समानान्तर गोष्ठी, प्रेरणादायी सिकाई यात्राहरु र कार्य सम्पादन प्रयोगशालाको सहजीकरण गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: