
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सोमबार गोली लागेर ३ जनाको मृत्यु भए संगै प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिनालाई गृह मन्त्रालय बोलाए पछी सप्तरीको राजविराजमा लागेको कर्फ्युबाट स्थानीय प्रशासन पछि हटेको छ ।
सोमबार भएको घटनाको विरोधमा मधेसी मोर्चाले विहानैदेखि प्रदर्शनमा उत्रेको थियो । बन्दकर्ताले सरकारी कार्यालयहरुमा तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।
तनावग्रस्त स्थिति भए लगतै तिम्सिनाले सुरक्षा बैठक बोलाए, जसले अब कर्फ्यु लगाउनु पर्छ भन्ने निष्कर्ष निकाल्यो । कर्फ्यु लगाउने निर्णयको माइन्यूट नहुँदै यो खबर जिल्लास्थित सञ्चारकर्मीहरुलाई दिइयो । डीएसपी स्वयंमले खबर गरेका थिए ।
तिम्सिना पनि माइन्यूट नहुँदै हिँडे, किनकी प्रधानमन्त्री प्रचण्डले राजविराज घटनाबारे जानकारी लिन काठमाडौं बोलाएका थिए । उनले राजविराज नछाड्दै गृह मन्त्रालयले सीडीओ तिम्सिना मात्र होइन, जिल्लाका सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई पनि केन्द्रमा तान्ने निर्णय गर्यो ।
जिल्लामा आन्दोलन गरिरहेकाहरुको माग पनि उनीहरुलाई निलम्बन गर्नु पर्ने थियो ।
सीडीयो केन्द्रमा तानिएपछि तोडफोड केन्द्रित हुन लागेको प्रदर्शन पनि केही मत्थर भयो ।
जिल्ला प्रशासन र सुरक्षाका अधिकारीहरु पनि कर्फ्यु लगाउन हच्किए । उनीहरुले सकेसम्म कर्फ्यु नलगाई स्थिति काबुमा लिन प्रयास गर्ने समझदारी गरे । सीडीओ गृहमा तानिएपछि निमित्त प्रजिअको जिम्मेवारी पाएका प्रशासकीय अधिकृत प्रेम उपाध्यायले कर्फ्यु लगाउने निर्णय नभएको बताए ।
प्रशासनका एक अधिकारीले भने सीडीओ तानिएपछि आफूहरु पछि हटेको स्वीकार गरे । उनले भने, ‘कर्फ्यु लगाउनुपर्छ भन्ने त भएको हो । तर, सीडीओ, सुरक्षा प्रमुख सबै काठमाडौं जाने भएपछि सबै हाम्रो थाप्लोमा नै आउँछ । सकेसम्म कर्फ्यु नलगाई स्थिति नियणन्त्रमा लिऔं भनेर रोक्यौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्