Skip to content
LAXMI SUNRISE BANK

मधेसी मोर्चा र सरकार सहमति नजिक

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ ।
सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भएको वैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको आँकलन गरिएको हो ।
सरकार पक्षले यसअघि नै सीमांकनबाहेक संविधान संशोधन गर्न तयार रहेको जनाउ दिइसकेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK